टेक्सस– अमेरिकामा पनि पछिल्लो क्रममा कोरोनाभाइरस सक्रमण बढन थालेपछि जगेडा राख्न बजारमा किनेमेलका लागी सर्वसाधारणको भीड बढेको छ ।

अमेरिकाका चल्तीका मार्केट क्रोगर, वाल्मार्ट, अल्बस्टाइन, स्याम्स क्लब लगायतमा अतिआवश्यक सामान जगेडा राख्न भीड बढेको हो ।
विशेष गरी खाद्यन्नहरु आवश्यकता भन्दा बढी किन्नेहरुको भीडले यतिबेला यी पसलमा सर्वसाधारणको घुईचो लागेको छ । आवश्यकता भन्दा बढी सामान एकै व्यक्तिले संचयका लागी किन्न थालेपछि कतिपय सामानहरु पाउन समेत मुस्किल भइसकेको छ । अहिले बढी मात्रमा हातमा लागाउने जेल सेनिटाइजरको बजारमा अभाव भएको छ ।


सेनिटाइजर खोज्दै हिडेको अवस्थामा क्रोगरमा भेटिए युलेसका रत्न दाहाल । उनले सबैतिर डुल्दा पनि सेनिटाइजर पाएनन । क्रोगरमा पनि भेटनेनन । अन्य सामान किनेर चेक आउटका लागी तयार भएका उनले लामो लाइन देखेर दंग परे ।
‘सामान पनि केही नपाइने र भीड पनि कस्तो बढेको हो’ क्रोगरको लाइनमा भेटिएका उनले भने– कोरोनाभाइरसको आवश्यकता भन्दा अलि बढी नै प्रचारप्रसार भयो कि ।
हो त उनले भने जस्तै यतिबेला अमेरिकाको बजारमा चाहिने भन्दा बढी सामानको जगेडा राख्नेहरुको कारण यतिबेला बजारमा भीडभाड र सामान किन्नेहरुको हारालुछ भएको छ । आवश्यकता भन्दा बढी पानीको बोत्तल लाने क्रम बढेपछि एक व्यक्तिलाई मापदण्ड समेत क्रोगरले तोकिदिएको छ ।
अहिले बजारमा पानी लगायत फास्टफुडका ¥याकहरु धमाधम खाली हुन थालेका छन् । कोरोनाभाइरबाट प्रभावित अमेरिकाका विभिन्न राज्यहरुमा मास्कको समेत अभाव भएको समाचारहरु आएका छन् ।


विश्वमै महामारीकमो रुपमा फैलिएका कोरोनाभाइरसको डरले अधिकांश सुपरमार्केट तथा पसलहरुको मास्कको अभाव भएका छन् । अमोरिकाका कतिपय राज्यमा आपतकाल घोषणा गरिएपछि सामान जगेडा राख्नेहरुका कारण बजारमा भीड अधिक देखिएको व्यवसायीहरु बताउछन् ।
अमेरिकामा १५ दिन यता कोरोनाभाइरस सक्रमणको संख्या हवात्तै बढेपछि सर्वसाधारण त्रसित हुदै बजारमा किनमेल गरेर सामान जगेडा राख्न थालेका हुन । अमेरिकामा अहिले झण्डै १४ सयमा कारोनाभाइरस सक्रमण र ३७ जनाको ज्यान गइसकेको समाचार छ । किनमेल बढेपछि यहाका ठुला पसलका अतिआवश्यक सामानका ¥याक छिटो छिटो खाली हुन थालेपछि व्यवसायीलाई सामान राख्न भ्याइनभ्याई भएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected