——— भावना विष्ट
तिमी नजिक छैनौ
तर पनि तिमी संगै
बस्ने मेरो रहर
तिमी केही बोल्दिनाै
तर पनि तिम्राे कुरा
सुन्ने मेरो रहर
तिमी भेटने छेनौ
मलाई थाहा छ
तर पनि तिमीलाई
आंखै भित्र भेटने
मेरो रहर
तिमी लेख्दिनाै
मलाई थाहा छ
तर पनि तिमीलाई
पढ़ने मेरो रहर
तिमी कहाँ सुन्छाै
कहिले सुन्छाै र मलाई
तर पनि सबैथोक तिमीलाई
भन्ने मेरो रहर
मलाई थाहा छ
तिमी कहिलै आऊदिनौ
तर पनि तिम्राे बाटो
हेर्दै बस्ने मेरो रहर
तिमी पढ़ने छैनौ
मेरो लेख कहिलै
तर पनि तिमीलाई मेरो
कवितामा लेख्ने
मेरो रहर
मलाई थाहा छ
तिमी मेरो हैनौ
तर पनि तिम्रै
बनी रहने मेरो रहर
मलाई थाहा छ सबैकुरा
तर पनि अन्जान बनेरै
बस्ने मेरो रहर
तिमी मेरो तकदिर मा
छैनौ थाहा छ
तर पनि भगवानसंग
तिमीलाई नै माग्ने
मेरो रहर
–अमेरीका
मलाई के बिपत्तिले घेर्यो – ...
केहि महिनाको नेपाल बसाई पछि ...