अमेरिका– अमेरिकाभरी फैलिएको कोरोनाभाइरस यतिबेला यसको प्रभाव सबैतिर परेको छ । अमेरिकाकोे स्पेस एजेन्सी नासामा पनि दुई जनामा कोरोनाभाइरस पोजेटिभ भेटिएको छ । अहिले नासा अमेरिकाले १७ हजार सबै कर्मचारीलाई घरबाट काम गर्न सल्लाह दिएको छ । केही मिसनमा लागेकालाई भने छुट दिइएको छ ।
नासा अमेरिकाको व्यवस्थापक जिम ब्राइडेनस्टाइनले एजेन्सीको वेभसाइट मार्फत यो जानकारी गराएका हुन ।
नासा भित्र पनि कोरोनाभाइरस फैलिएपछि उनले सबै गाइडलाइनलाई अंगीकार गरेर कर्मचारीलाई अगाडी बढन आग्रह गरेका छन् ।
अमेरिकामा कोरोनाभाइरसले सबैतिर चिन्ता बढाइहरेका बेला बेला एप्पल , फेसबुक टवीटर लगायतका कम्पनीले यस अघि नै घरबाट काम गर्न आफना कर्मचारीलाई भनिसकेको छ ।
अमेरिका-राष्ट्रपति जो बाइडेनको ...
अमेरिका-अमेरिकाको ...