अमेरिका– युरोप पछि अमेरिकामा पनि कोरोनाभाइरस तिब्र रुपमा फैलिएको छ । कोरोनाभाइरसकै कारण जनजीवन अस्तव्यस्त भएको छ । हरेक क्षेत्र डामाडोल भएको छ । महामारीबाट बच्न धेरै पहलकदमीहरु यहा“ भइरहेको छ ।
बासिङटन, न्युयोर्क पछि अति प्रभावित क्यालिफोर्निया हो । पछिल्लो तथ्याङक अनुसार क्यालिफोर्नियामा १९ जनाको ज्यान गएको छ भने एक हजार भन्दा बढी संक्रमित भएका छन् । बढ्दो संकटलाई ध्यानमा राखेर अमेरिकाको क्यालिफोर्निया त लक डाउन गरिएको छ ।
क्यालिफोर्नियाका गर्भनर गेभिनले राज्यका सबैलाई घर भित्र बस्न आदेश दिइसकेका छन् । कसैलाई पनि बाहिर निस्कन दिइएको छैन । कोरोनाभाइरसको संक्रमणबाट सबै भन्दा बढी न्युयोर्क प्रभावित भएको छ । यहा“ अहिले सम्म ३८ जनाको ज्यान गएको छ । संक्रमीत सख्या ५ हजार ७ सय भन्दा बढी पुगेको छ ।
बढ्दो खतरालाई ध्यानमा राखेर न्युयोर्कमा सेना परिचालनको माग गरिएको छ । न्युयोर्कका मेयर बिल डि ब्लाासिओ ले सेना परिचालनको माग गरेका हुन ।
There are a lot of essay writers who are interested in finding employment in the home in which they may earn cash and who would love to locate an essay writer who’ll do the job for them. ...
How to corretor ortografico em portugues write my paper is a frequent question among students, teachers & college corretor de textos online professors. Writing papers is a good supply of ...