आफु अपहरणमा परेको भन्दै नाटक गर्ने पोखरा फुलबारी बस्ने ४२ वर्षिय नारायण पौडेल प्रहरीको फन्दामा परेका छन् ।
आफु अपहरणमा परेको भन्दै प्रहरीमा जानकारी दिएपछि उनको व्यापक खोजी भएको थियो । उनले रुपन्देही जिल्लामा पुगेर अपहरणक परेको स्थानिय प्रहरीलाई जानकारी गराएका थिए । उनलाई प्रहरीले फेला पारेको थियो । निजलाई आफन्तको जिम्मा लगाई कास्की प्रहरीमा पठाइएको थियो । उनलाई कसैले अपहरण नगरेको भई उनले नाटक गरेको खुलेको छ ।
उनले लेनदेनको विषयमा आफनो विपक्षीलाई फसाउन अपहरणको नाटक गरेको प्रहरीले जनाएको छ । निज पौडेललाई प्रहरीले नियन्त्रणमा लिई थप कानुनी प्रकृया अघि बढाएको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...