अमेरिका– अमेरिकाका कोरोनाभाइरसबाट अवस्था दिनप्रतिदिन जटील र कष्टर बन्दै गएको छ ।
अमेरिकामा कोरोनाभाइरसको संक्रमण बढदै जानुमा यहा“का ठुला स्वास्थ्य संस्थाहरुको लार्पावाहीको प्रमुख कारण बताउन थालिएको छ। न्युज एजेन्सी एशोसिएट प्रेस को समिक्षा अनुसार अमेरिकामा कोरोनाभाइरस जंगलमा लागेको डढेलो झै फैलिरहेको छ ।
उच्च सतर्ककता नपाउदा एक दुई राज्यबाट सुरु भएको यो कोरोनाभाइरसले पुरै अमेरिकालाई हल्लाएको छ ।
अमेरिकामा अहिले सम्म ४९ हजार भन्दा बढी कोरोनाभाइरसबाट संक्रमीत बनिसकेका छन् भने ६२२ जनाको ज्यान गइसकेको छ । एक दिन अमेरिकामा १० हजार भन्दा बढी सक्रमण भेटिएको छ ।
अमेरिकाको स्वास्थय तथा मानव सेवा विभाग आफनो कमी कमजोरीको मुल्याङकन गर्न आन्तरिक समिक्षामा जुटेका छ्न ।
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...