बेल्जियम /युएसनेपाल पाेष्ट

क्याटवाक गर्दै माेडल याेगिता

बेल्जियममा बसोबास गदै आएकी योगिता थापाले आसन्न एनआरएनएको महाधिवेशनमा युरोप महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
एनआरएनए बेल्जियमकी निवर्तमान उपाध्यक्ष थापाले महिलाहरुको पहुच बढाउन आफनो उम्मेदारी दिएकी हुन । होटल तथा रेष्टुरा व्यवसायमा संलग्न थापा मोडलको रुपमा समेत परिचित छिन् । त्यसो त उनी बेल्जियममा आयोजना भएको टप मोडल–२०१६ कि फाइनलिष्ट समेत हुन । बेल्जियममा बसेर सामाजिक सेवामा समेत सक्रिय थापा महिला अधिकार र समानताका बारेमा समेत आवाज उठाउदै आएकी छिन् ।
यतिबेला उनी एनआरएनको नवौ अन्तराष्ट्रिय महाधिवेशनमा आफनो उम्मेदवारी घोषणा संगै प्रचारप्रसारमा जुटीरहेकी छिन् ।
प्रवासी नेपालीको आवाजलाई सबोधन गर्न र एनआरएनएमा महिलाको सहभागिता बढाउन आफुले उम्मेदवारी दिएकी हु“ उनले भने– आशा छ एनआरएनएलाई हाम्रो र राम्रो बनाउन तर्फ मेरो उम्मेदवारीमा सबैको सहयोग रहनेछ ।

क्याटवाक गर्दै माेडल याेगिता

झन्डै १४ वर्ष देखि युरोपमा बसोबास गदै व्यवसायी र सामाजिक क्षेत्रमा समेत क्रियाशिल एनआरएनएको नेतृत्व तहमा पुगेर आफनो सामाजिक अभियानलाई थप अगाडी बढाउने चाहना राखेकी छिन् ।
लुम्बिनी कपिलबस्तु विश्व अभियान बेल्जियमकी सचिव थापा युरोपमा हुने सांस्कृतिक तथा मोडलिङ र फेसनको कार्यक्तममा नियमित सहभागिता जनाउछिन् । युरोपमा नेपाली मोडलको रुपमा लोकप्रिय उनले मिस नेपाल युरोप सौन्दर्य प्रतियोगिता आयोजना गर्ने तयारी समेत गरेकी छिन् । जुन प्रतियोगिताको फाइनल नोभेम्बरमा हुदैछ ।
उनी नेपाली संस्कृति तथा सदभावना प्रतिष्ठानको मानार्थ सदभावना दुत उपाधिले समेत सम्मानित भइसकेकी छिन् । नेपाल पर्यटन वर्ष २०२० को पर्यटन प्रर्वद्धन अभियानमा समेत जुटीरहेकी छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected