अमेरिका– अमेरिकाको न्युयोर्कमा कोरोनाको बिरामीको संख्या बढदै गएपछि अन्यौलको अवस्थ सृजना भएको छ ।
कोरोना संक्रमीतहरु दिनानुदिन बढदै जान थालेपछि न्युयोर्कको अवस्था जर्जर बन्दै गएको हो । कोरोना बिरामीको चापले अस्पतालमा बेड नभएपछि चिकित्सा चुनौती समेत थपिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । बिरामी बढदै गएपछि कतिपयलाई अस्पतालबाट समेत फर्काइएको छ
न्युयोर्कको अधिकांश अस्पतालमा बिरामीहरुको भीड बढेर गएको चिकित्सहरुले जनाएका छन् । कोरोना कयौ पीडितलाई अस्पतालमा बेडको अभावले घरमा राखिएको छ । स्वास्थ्यकर्मिहरुका अनुसार सहरका अस्पतालहरुमा कोरोनाका मामला दिनैपच्छे बढेर गएको छ । अस्पताले थेग्ने अवस्था समेत नरहेको बताइएको छ ।
अस्पतालले उच्च चापका कारण बिरामीको रेखदेख गर्न नसकेपछि धेरैलाई घरमा लगेर छाडेको समेत समाचार छ । दिनहु बिरामी ओर्सानका लागी एम्बुलेन्सका लागी फोनको घन्टी बजेको बजै छ । एम्बुलेन्सका लागी सन् २०११ को आतंकारी हमला पछि आएको स्वास्थ्यकर्मिहरुको हवला दिदै संचारमाध्यमहरुले उल्लेख गरेका छन् । एम्बुलेन्सका लागी २०११ को हमला पछि कहिल्यै नआएको बताइएको छ ।
एम्बुलेन्सका लागी सबै भन्दा सास लिन मुस्किल भएको भन्दै आउने गरेको स्वास्थ्यकर्मिहरुले बताएका छन् ।
अमेरिकाको न्युयोर्क महामारीको केन्द्र बनेकाले हालत खराब बन्दै गएको छ । यो क्रम अझै बढदै गएमा चीनको बुहानको हालत भन्दा पनि खराब हुने विज्ञहरुले औल्याएका छन् ।
आईतबार राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दुरीलाई कायम नगरेमा अमेरिकामा २२ लाख मान्छे मर्न सक्ने बताएका छन् । यसैले विज्ञहरुले सामाजिक दुरी कायम गर्न लागी सबैलाई सुल्झाएका छन् ।
अमेरिकामा यो समाचार तयार पार्दा सम्म १ लाख ६२ हजार भन्दा बढी संक्रमीत पुगीसकेका छन् । मृतको संख्या झण्डै ३ हजार पुग्न लागेको छ । न्युयोर्कमा मात्रै ६६ हजार बढी संक्रमीत र १ हजार २ सय भन्दा बढीको ज्यान गइसकेको छ ।

न्युयोर्कमा झण्डै ४५ जना नेपाली अस्पतालमा

न्युयोर्कमा नेपालीहरुको बाक्लो बसोबास रहेको छ । यहा“ के कति संक्रमीत छन् भन्ने यकीन तथ्याङक छैन । कतिपय संक्रमण भए पनि सार्वजनिक नगरिदिदा विवरण आउन सकेको छैन । न्युयोर्क स्थित कार्यबहाक महावाणिज्यदुत पुष्पराज भट्टराईले न्युयोर्कमा झण्डै ४५ जना नेपालीहरु कोरोना संक्रमणका कारण अस्पतालमा रहेको अनुमान रहेको बताए । उनले संक्रमीत भएर पनि लुकाउने र सार्वजनिक नगरिदा के कति छन् भनेर तथ्याङक निकाल्न मुस्किल भएको बताएका छन् ।
न्युयोर्कमा बसाई महंगो भएकाले धेरै नेपालीहरु शेयरिङमा बस्ने भएकाले संक्रमणको जोखिमलाई बढाइरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected