सुनिक्षा मैनाली अमेरिकाको वासिङटनटिसी एरियमा बसोबास गर्छिन् । नेपाल बाहिर रहेर पनि उनले मोडिलिङमा नाम कमाएकी छिन् । पहिलो पटक गायक दिपकलिम्बुको गीतमा अभिनेता दिलिप रायमाझी संग अभिनय गरेर मोडलिङको यात्रा तय गरेकी हुन । उनले नायक राजबल्लभ कोइराल संग पनि गीतमा मोडलिङ गरेकी छिन् ।
त्यसो त अमेरिकामा हुने फेसन शो, विभिन्न सांगीतिक कार्यक्रमहरुमा पनि उनको नियमित प्रस्तुति हुदै आएको छ ।
सुनिक्षालाई मोडलिङमा लाग्न उचाई सुन्दरता हरेक कुराले साथ दिएको छ । त्यसो त उनी अभिनयमा पनि पोख्त छिन् । केही अघि चर्चित निर्देशक नारायण पुरीले निर्देशन गरेको गीतमा पनि उनले मोडलिङ गरेर थप चर्चामा आएकी थिइन ।
दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी सुनिक्षाले चित्तबुझ्दो र राम्रो अफर आएमा सिनेमामा समेत अभिनय गर्ने बताइन । बिजनेसमा ब्याचलर डिग्री गरेकी उनी पेशााले शिक्षिका हुन । सानै देखि मोडलिङ र नृत्यमा चाख राख्ने सुनिक्षा अहिले आएर त्यो उद्देश्य पुरा भएकोमा दंग छिन् । पछिल्लो समय म्युजिक भिडियोहरुमो उनको डिमान्ड बढीरहेको छ । चित्रकलामा रुची भएकी उनी यात्रा गर्न र आफनो संस्कृतिलाई चिनाउन मन पराउछिन् । उनी आफनो खुबी र आत्मविश्वासमा सधै अडिक छिन् । अबको बाकी जीवन मोडलिङ र फेसनकै क्षेत्रमा लगाउन चाहन्छु उनले भनिन– ‘यसका लागी मिहिनेत पनि गरिहेकी छु ।’
टेक्सस नेपाली समाज टेक्सस ...
टेक्सस– प्रियंका ऐंर ...