अमेरिका– तपाई अकस्मात करोडौ रुपैया बाटोमा भेटाए के गर्नुहुन्छ । सायद अलमल्ल पर्नु होला । यस्तै अमेरिकाको अबलुकर्क मा एक १९ वर्षिय युवाले बैककामे एटिएम बाहिर १ करोड ३५ लाख रुपैया भेटाएका छन् ।
म्याक्सिकन मुलका जोस नुनेज रोमानिज नामका यी युवक बैंकको एटियममा पैसा निकाल्न जादा यतिको भेटेका थिए । उनले एटिएम बाहिर पैसा भरिएको एउटा ठुलो झोला देखे । तर उनले यतिका पैसा देखेपछि आफुसंग राखेनन । सिधै यनले अल्बुकर्क प्रहरीलाई टेलिफोन गरेर पैसा भेटाएको सुचना दिए ।

भेट्टाएकाे रकम

युवकले सिएनएनलाई बताए अनुसार उनले पाएको रकम स्थानिय अधिकारीलाई सुम्पिएका थिए । उनले भने– मेरो दिमागमा केही कुरा घुमीरहेको थियो, कतै यो कसैको चालाबाजी त हैन । कोही मेरो पिछा गरेर अपहरण गर्न यो सब गरेका त हैनन ।’ उनले यो सबपछि पनि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार यो सब रकम एटीएमकै कर्मचारीले मेसिनमा पैसा हाल्न आउने क्रममा छाडेका थिए ।
अल्बुकर्क प्रहरी प्रवक्ता ड्रोबिकले भने– यो पैसाबाट युवकको जीवनमा ठुलो परिवर्तन आउन सकथ्यो आखिर ऊ अर्को बाटोमा गएको भए । तर उनले इमान्दारिको बाटो राजे र सही काम गरेर देखाए ।
युवकले पैसाको झोलामा हातमा परेपछि आफनो मातापिता तथा गुरुहरुको शिक्षालाई सम्झिए । उनले मातापिता तथा गुरुहरुबाट सधै इमानले काम गर्न सिकेको र चोरीको पैसा कहिल्यै पनि आफुसंग नरहने पाठ सिक्दै आएको प्रहरीसंग उनले बताए । सहरभरी उनको कामको सबैले प्रशंसा गरेका छन् । पुलिस विभागको एक सार्वजनिक सेवा सहयोगीको रुपमा जागीरका लागी आवेदन गर्न समेत उनलाई आग्रह गरिएको छ । स्थानिय व्यवसायीहरुले उनले केही रकम समेत कामको प्रशंसा गदै हस्तान्तरण गरेका छ्न ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected