बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ पोखरामा आयोजित मोडलिङ रियालिटि सो ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को उपाधि कल्शन गुरूङ र स्नेहा गुरूङले जितेका छन् । विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित सुजुकि स्कुटर सगै नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै ५ लाख मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरेको आयोजक जनाएको छ ।

तेस्तै प्रतियोगिताको फस्ट रनरअप रोशन नेपाली भएका छन । नेपालीले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्रदान गरिएको कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिनुभएको छ ।

तेस्तै प्रतियोगिताको सेकेण्ड रनरअप निशा नेपाली भएकी छन । उनले क्राउन सहित नगद , होलिडे प्याकेज , म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गरेकि छन ।
ब्ल्यु रेयस प्रोडक्सनको आयोजनामा र टिआरा ईन्टरटेनमेन्टको एशोसियसनमा भएको प्रतियोगीताको टाईटल स्पोन्सरको रुपमा नेपाल आईस रहेको छ । तेसै गरीे प्रतियोगीताको मेन स्पोन्सर क्यान भाष रहेको छ । टिभी पार्टनर गोल्डेनआई टिभी रहेको छ भने फेटोग्राफि पार्टनर द भोग स्टुडीयो रहेको आयोजकले जनाएको छ ।
पोखराको ओजनमा आयोजित ग्राण्ड फिनालीमा विभिन्न चरणमा प्रतिष्पर्धा गराई आठ जना प्रतिष्पधीले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected