अमेरिकाको कान्सास राज्यको एक नाइट बारमा भएको गोलाबारीमा चार जनाको मुत्यु भएको छ । घटनामा ५ जना घाईते भएको स्थानिय संचारमाध्यमलाई उद्धृत गदै प्रहरीले जनाएको छ । कान्सास सिटी पुलिसका अनुसार डाउनटाउनमा यो घटना भएको हो । पा“च जना घाइतेको गंभीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार बिहानद १.३०को समयमा भएको घटनामा बार भित्र छिरेको एक सन्काह पुरुषले ९ जना माथि अन्धधुन्ध गोली वर्षाएको थियो ।
गोलीकाण्ड मच्चाउने व्यक्ति पक्राउ परेको छैन । घटना बारे प्रहरीबाट अनुसन्धान गरिरहेकोले थप केही आएको छैन ।
घटना कसरी भयो भन्ने बारेमा प्रहरीले केही बताएको छैन । घटनास्थल सिल गरेर प्रहरीले अपराधीको खोजी गरिरहेको छ । सिसि क्यामेरामा प्रहरीले घटनास्थल वरिपरि प्रमाणहरु संक्लन गरिरहेको छ ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...