अमेरिका– अमेरिकामा कोरोना महामारीले धेरैले रोजगारी गुमाएर बेरोजगार बनेर घरमा समय व्यतित गरिरहेका छन् ।
कोरोनालेले बेहाल भएको अमेरिकामा बेरोजगार भएर बसेकाहरुलाई ट्रम्प सरकारले ठुलो झटका दिएको छ ।
ट्रम्प सरकारले अब छिट्टै अमेरिकामा बेरोजगारी भत्ता ६ सय डलरबाट घटाएर २ सय डलरमा झार्ने तयारी गरेको छ
रिब्लिकन सांसादहरुले कोरोनाबाट भएको नोक्सानको भरपाईक ालागी अतिरिक्त एक खर्ब डलर खर्च गर्न आग्रह गरेका छन् । अधिकांश अमेरिकनहरुलाई १२ सय डलर सम्मको प्रोत्साहन रकम दिने बताइएको छ ।
उता डेमोक्रेट पार्टिका नेताहरुले २ सय डलर को रकम बेरोजगारी भत्ताका लागी अति न्युन भएको बताएका छन् । सामान्य अमेरिकनहरुलाई यो भत्ताले जीवनयापन गर्न समस्या हुने डेमोक्रेटका नेताहरुले बताएका छन् ।
त्यसो त अमेरिकामा यस अघि नै सबै अमेरिकनहरुलाई राहत दिन २.४ खर्ब डलर भन्दा बढी खर्च गरिसकेको छ । धेरैले कटौती गरेको रकमलाई कम भनेका छन् । उता राष्ट्रपति ट्रम्पले भने धेरै चलीरहेको काममा जान आनकाकी गरेको बताउदै आएका छन् । ट्रम्प सरकारले काम जाने वातावरण बनाउन बेरोजगारी रकम कम बनाएको विश्लेषकहरुले बताएका छन् ।
हुन पनि बेरोजगारी भत्ता बुझीहरेको जो कामबाट यतिका रकम मिल्दैनथ्यो तर उनीहरुले बेरोजगारी भत्ताबाट त्यो भन्दा बढी रकम बुझीरहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected