अमेरिका–अमेरिकामा कोरोनाभाइरसले अवस्था दिनादिनै हालत लगात्तार बिग्रदै गएको छ । अमेरिकामा प्रत्येक मिनेटमा एक जना कोरोना पीडितको ज्यान गइरहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । अहिले सम्म अमेरिकामा कोरोनाभाइरसबाट ४५ लाख भन्दा बढी मानिस संक्रमीत भइसकेका छन् । अमेरिकाको ५०ल राज्य मध्ये ४० राज्यमा महामारी तिव्र रुपमा फैलिरहेका छ ।
समाचार एजेन्सी रायटरका अनुसार अमेरिकामा बुधबार १ हजार ४ सय ६१ ज्नाको ज्यान गएको छ । यो भन्दा अघि २७ मे मा एकै दिन १ हजार ४ सय ८४ जनाको ज्यान गएको थियो ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङक अनुसार भने बुधबार सम्म १ लाख ५० हजार ६ सय ७६ जनाको ज्यान गएको छ । अमेरिकामा कोरोनाबाट पहिलो मुत्यु गत फेबु्रअरी २९ मा भएको थियो । त्यसपछि झण्डै ५४ दिनपछि अमेरिकामा अर्थात अप्रिल २३ मा ५० हजारको ज्यान गएको थियो । यो तथ्याङक गत मे २७ मा एक लाख भन्दा माथि पुगेको थियो । यसपछि ६३ दिनमा ५० हजार मृतक थपिएपछि अमेरिकामा अहिले सम्म मुत्यु हुनेको संख्या डेढ लाख भन्दा माथि पुगेको हो । अमेरिकाको क्यालिफोर्निया, फलोरिडा तथा टेक्सस राज्य कोरोना महामारीको नया केन्द्र बनेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected