निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले उनकै निवासबाट नियन्त्रणमा लिएकाे हाे । काठमाडौं जिल्ला अदालतले नियन्त्रणमा लिन पत्र सहित आदेश दिएकाे केहि घन्टा पछि नै महरा पक्राउ परेका हुन
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न आदेश दिएको थियाे
संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई जबरजस्ती गरेको अाराेप लागेका महरालाई अनुसन्धानका लागी पक्राउ परेका हुन ।
ज़बर्दस्ती बलात्कारकाे आराेप लागे पछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए ।
अहिलेप्रहरीले नियन्त्रणमा लिएर बयान लिनका लागि सरकारी वकिलसँग सल्लाह गरेपछि पक्राउ गरेकाे हाे ।
बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिईन । बयान फेर्दै आएकी शाहिले अन्तत उजुरी दर्ता गरेपछि अनुसन्धानकाे लागी नियन्त्रणमा लिएकाे छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता (ऐन) को दफा ९ को उपदफा ३ (२) अनुसार उनी माथी पक्राउ पुर्जी जारी गरिएकाे हाे ।
अमेरिका-अमेरिकामा फेरि दोस्रो ...
अमेरिका-अमेरिकाले अब विना भिसा ...