नेपालीहरुको महान चाड बडादशैको टिका ग्रहण कार्यक्रम मंगलबार बिहान ११ बजेर १५ मिनेटको समयलाई उत्तम साइत मानिएको छ ।
टेक्ससको ड्यालस स्थित नेपाली मन्दिरका मुल पुजारी डा शेखर पण्डितका अनुसार भोली मंगलबार बिहान ११ बजेर १५ मिनेट उपयुक्त समय हो । उनका अनुसार यो साइत पछि दिनभर र पुर्णिमा सम्म जहिले लगाए पनि हुन्छ । उनले बिहान ४ हजोर १५ मिनेटमा देवी बिसर्जन गर्नु पर्ने बताए ।
यस पटक दशै टिकाको बारेमा विवाद सृजना भएपछि अन्यौलामा रहेका अमेरिकाका अधिकांश नेपालीले नेपालकै तिथी र साइत अनुसार नै नेपालमा टिका लगाएपछि यता लगाउने छन् ।
दुर्गाले महिसासुरमाथि विजय हासिल गरेको दिनको रुपमा विजय दशमीमा मान्यनजनबाट टिका रः प्रसाद ग्रहण गर्ने चलन चली आएको हो ।
अमेरिका-अमेरिकामा फेरि दोस्रो ...
अमेरिका-अमेरिकाले अब विना भिसा ...