परम्परा त उनको लाहुरे हुने संस्कार हो । पुर्वको अर्जुनधारा ,११ झापाका मनोज राईले साथीभाईको लहैलहैमा लागेर लाहुरे हुने भन्दै कसरत पनि नगरेका हैनन ।
तर उनको भित्री इच्छा लाहुरे बन्ने चाही थिदै थिएन । बाजे व्यापारिक पृष्ठभुमिकै भएकाले छाती नापेर लाहुर जाने मोह उनमा कहिल्यै पलाएन । केही साथीभाई त उनका लाहुरे पनि भए । उनी भने वैदेशिक रोजागरका लागी हङकङ हुईकिए ।
हङकङ हुदै अमेरिकामा सम्मको यात्रा तय गरेका राईको संघर्षको फेहरिस्त लामै छ । होटल रेष्टुरामा हेल्पर कुक हुदै अमेरिकाको टेक्सस राज्यमा चल्तीको एभरेष्ट नेपाली रेष्टुरेन्टको मालिक उनी भइसकेका छन् ।जुन यहाँकाे चल्तीकाे रेष्टुरेन्टमा पर्छ । यो अवस्थासम्म आइपुग्न उनले धेरै हाड घोटेका छन् । पैताला खियाएका छन् । रातको निन्द्रा पनि फालेका छन् । २० घन्टा सम्म दिनमा घोटिए काममा । टेक्सस राज्यको ड्यालस क्षेत्रको अर्भिङमा रहेको पुरानो चल्तीको एभरेष्ट रेष्टुराका मालिक बन्न उनले धेरै पापड बेल्नु पर्यो । तीन रेष्टुरेन्टका संचालक उनलाई त्यसको रेखदेख र व्यवस्थापनको जिम्मेवारीले अहिले फुर्सद कमै छ ।
लामो प्रयास पछि युएसनेपालपोष्ट संग कुराकानी गर्न समय मिलाएका उनले पुर्वी झापा हंङकङ हुदै अमेरिका सम्मको भोगाई सुनाउदै भन्दै थिए– ‘परदेशको यात्रा रेष्टुराको भाडा माझेर सुरु भयो । हुन त काम जुनसुकै होस् सानो ठुलो भन्ने त हुदैन ।’
पुखौली थलो पुर्वको अर्जुधारा झापामा लाहुरे हुने र विदेश जानेहरुको लहर थियो । लाहुरे त भएनन उनी । तर अरुलाई जस्तै उनलाई पनि विदेशको मोह पलायो । सन् २००४ मा उनी पनि हङकङ सहर पुगे । यहीबाट सुरु भयो उनका संघर्षका ति दिनहरु । टिक्नका लागी कन्सट्रक्सनमा कामदार देखि कम्पनीको सेकुरिटी गार्ड गरे । यी दुवै कामबाट उनलाई कत्ति पनि सन्तुष्टि मिलेन । यी काम भन्दा भिन्न पेशाका लागी रेष्टुरा छिरे । केही समय रेष्टुराको वेटर गरे । त्यसपछि किचन छिरे । कुकका लागी सुरुमा हेल्पर भएर भाडा मस्काए । त्यसपछि उनी पकाउन थाले किचनमा । किचनको काममा छिर्नु नै उनका लागी फलिफाप जस्तै भयो । रेष्टुराको नाम थियो आरजे र मालिक थिए भारतीय ।
संयोगले त्यो रेष्टुराको सेफ भारतको चर्चित ताज होटलमा काम गरेका सेफ रहेछन् । त्यहा उनले तिनै सेफबाट नर्थ इन्डियन खाना बनाउन सिके । यो नै उनका लागी ट्रनिङ प्वाईन्ट जस्तै भयो । पछि उनले उक्त रेष्टुराको एउटा सेसन नै हेर्ने जिम्मेवारी पाए । सन २००६ सम्म उनले हङकङको रेष्टुरामा काम गरे । त्यतिबेला बेला सम्म उनी खारिएको सेफ बनिसकेका थिए । यही सालको मध्यतिर उनलाई अमेरिका जाने अवसर आयो । पर्यटक भिषामा उनी हङकङ छाडेर फेरी आए सपनाको सहर अमेरिका ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा आएका उनले दुई दिनमै काम पाए । हकङमा रेष्टुरामा काम गरेको अनुभव यहा“ आएर काम लाग्यो । इन्डियन रेष्टुरा अम्बरमा सेफको काम पाए । सिप सिकेर आएकाले खासै समस्या झेल्नु परेन उनले भने– ‘हङकङमा किचन हेल्पर हुदै कुक गर्न सिकेकैले यहाँ खास कठिनाई भोग्नु परेन ।’
जति दुख भागे त्यो हङकङमा भोगे । त्यहाँ नै उनले कामको महत्व राम्रो संग बुझे । हङकङमा धेरै भौतारिए । हङकङको भोगाई र सिपले अमेरिका आएर टिक्न सहज भयो । सायद विना सीप आएको भए धेरै कठिनाईको सामना गर्नुपथ्र्यो होला उनले त्यो बेलाको दुख स्मरण गदै भने । अमेरिका आएको एक वर्षमै उनले ग्रिनकार्ड हात पारे । क्यालिफोर्निबाट २००७ मा उनी मिनि नेपालको रुपमा चिनिएको टेक्ससको ड्यालस सहर सरे । उनी आउँदा ड्यालसमा इन्डियन तथा नेपाली रेष्टुरेन्ट फाटफुट थिए । उनले बेल्टलाइनमा रहेको पुरानो नेपाली रेष्टुरेन्ट टेम्प्रेसनमा झण्डै तीन वर्ष काम गरे । रेष्टुराको सानो कामबाट सिक्दै सेफ बनेका उनले कामदारबाट साहु हुने सपना देख्न थाले । सपना नदेखी चाहनाहरु पुरा हुदैनन् भने झै उनले आफनो सिकेको सीपलाई अरुकोमा काम नगरी आफैले सदुपयोग गर्ने सोच बनाए ।
त आँट म पुराउछु भने झै भन्ने उखान उनको जीवनमा ठ्याक्कै लागु भई छाड्यो । गाडीको सहचालकलाई जसरी चालक बन्ने रहर हुन्छ उनलाई पनि रेष्टुराको कामदारबाट मालिक हुने रहर जाग्यो । रहर भएर मात्रले पनि कहाँ पुग्थयो र । मालिक बन्न लगानी पनि चाहियो । तर उनीसंग रेष्टुरा खोल्ने त्यत्रो रकम पनि थिएन । सहयोगका लागी धेरैलाई गुहारे । कसैले टेरपुग्छर लाएनन् । रेष्टुरा चलाउला भनेर उनलाई धेरैले विश्वास गरेनन् । तर पनि केही उनका लागी भगवान बनेर निस्किए । तेतिबेला उनलाई एभरेष्ट रेष्टुरा खोल्न दिलिप र ज्यन्ति राईले हुटहुटी मात्रै बढाएनन, सहयोग पनि गरे । रेष्टुरा खोल्न उनले अन्य केही शुभचिन्तकबाट रकम सापटी पाए । ऋणधन गरेर २०१० मा ड्यालसको अर्भिङमा खोले एभरेष्ट नेपाली रेष्टुरेन्ट । त्यतिबेला ड्यालस एरियामा अहिले जस्तो बग्रेल्ती रेष्टुरेन्ट थिएन, फाटफुट्ट मात्र थियो । मनोजको एउटा बानी छ आफनो रेष्टुरेन्ट छिर्नु अघि जहिले ७८ वर्षिया आमाको अनुहार सम्झीएर मात्रै छिर्छन ।
ड्यालस एरियामा एभरेष्टले नै टिपिकल नेपाली खानाको स्वाद पस्कने टे«ण्ड बसाल्यो । भुटन सेकुवा लगायतका नेपाली सबै परिकारको स्वाद रेष्टुरा आउनेलाई चखायो । छोटो समयमै एभरेष्ट रेष्टुरेन्ट धेरैको रोजाइ बन्यो । एभरेष्ट खोल्नु भन्दा अघि धेरै जसो इन्डियन रेष्टुरातिर बढी सोझिन्थे । रेष्टुरेन्ट क्षेत्रमा राम्रो दख्खल भएका उनले दिन १८ घन्टा आफै कुक भएर खटिए । झन्डै पा“च वर्ष उनले एभरेष्टको ब्रान्डलाई तलमाथि हुन नदिन आफै सेफ भएर लागरहे । उनले खोलेको एभरेष्ट खासै ठुले थिएन , साघुरो थियो । तर गुणस्तरीय र टिपिकल नेपाली खानाको स्वादले प्राय रेष्टुरा भरिभराउ हुन्थयो । छोटो समयमै उनको रेष्टुरा ड्यालस एरियामा लोकप्रिय बन्यो ।
विदेशीलाई मम देखि नेपाली परिकार खान एभरेष्टले सिकायो’ उनले भने– ‘नेपाली खानाको स्वाद अन्तराष्ट्रिय क्षेत्रमा थोरै भए पनि चिनाउने कोसिस हामीले गर्यौ ।’खाली हात रेष्टुरा खोल्ने आँट गरेका उनले अहिले व्यवसायिक सफलता पाएका छन् । कमाई राम्रै गरेका छन् । आँट र आत्मविश्वास भएको व्यवसायमा सफलता हात लाग्ने रहेछ भन्ने उदाहरण उनले दिएका छन् । आफुमा मिहिनेत र सीप भए रेष्टुरेन्ट व्यवसायी चलाउन कठिन छैन भन्ने पृष्टि उनले गरेर देखाए । ‘रेष्टुरा व्यवसायमा हात हाल्ने हो भने किचनको सबै ज्ञान हुनैपर्छ, रहरले व्यवसाय चल्दैन उनी भन्दै थिए–‘मालिक मात्रै भन्छु भनेर रेष्टुरेन्ट व्यवसाय चलाउन धेरै मुस्किल छ ।’ उनले बुझदै नबुझी ग्यास स्टोरमा पनि लगानी गरे । आफुमा कुनै त्यस सम्बन्धी ज्ञान नभएकाले उनी त्यसमा टिक्न सकेनन् । रहरले मात्रै व्यवसाय नहुदो रहेछ भन्ने पाठ उनले ग्यास स्टोरमा गरेको लगानी बालुवामा पानी भएपछि बुझे । हरेक व्यवसायमा लाग्न आफु त्यससम्बन्धी पहिला काम गरेको र अनुभव हुनुपर्दो रहेछ भन्ने कुरा उनले राम्ररी बुझे । हो पनि उनले किचन हेल्पर हुदै कुक सम्म नसिकेको भए उनलाई पनि अहिलेको अवस्थामा आउन हम्मे नै पथ्र्यो होला । अर्भिङको एभरेष्ट रेष्टुरेन्टमा अहिले पनि स्वादका पारखीहरुको दिनहु भीड लाग्छ । ड्यालसको यो एभरेष्ट रेष्टुरेन्ट एल्प र गुगल सर्चमा पाचौ नम्बरमा परेको छ ।
अहिले एभरेष्टको लोकप्रियता देखेर धेरैले अन्य राज्यमा शाखा खोल्न गुडविल मागेका छन् उनलाई । पैला सुरुमा रेष्टुरेन्ट खोल्न सहयोग माग्दा इन्कार गर्नेहरुको उनको व्यवसायिक प्रगति देखेर अहिले पछुताएका छन् । डेढ वर्ष अघि अर्भिङममा खाेलिएकाे पिक रेष्टुरेन्ट एन्ड बारले पनि राम्रै पिकअप लिएको उनी बताउछिन् । भर्खर मात्रै एभरेष्ट रेष्टुरेन्टको अर्को शाखा उनले प्लानो सहरमा बिस्तार गरेका छन् । तर उनी आफुलाई अझै पनि मालिक भन्न रुचाउदैनन । रेष्टुरेन्टमा अझै पनि भ्याए सम्म आफै सेफ हुन्छन् । आफै लागेकोले त एभरेष्टको नेपाली स्वादको गरिमालाई अहिले सम्म बचाइरहेका छन् । ‘रेष्टुरामा काम गर्दा गदै रेष्टुरेन्ट खोल्छु भन्ने सोच लिएको थिए कुराकानीको बिट मादै उनले भने–अहिले आएर त्या इच्छा पुरा भएर छाडेको छ ।’