टेक्सस– अमेरिकी सेनामा कार्यरत एक नेपाली युवा सुरेश श्रेष्ठकाे कार दुर्घटनामा मुत्यु भएको छ ।
नोबल काउन्टी ,ओक्लोहामा राजमार्गमा शनिवार उनले चलाएका २०२०को टोयटा कार ट्रकसंग ठक्कर खाएपछि दुर्घटना हुदा २३ वर्षिय श्रेष्ठको मुत्यु भएको हो ।
टाउको र शरीरमा गंभीर चोट लागेका उनको सेन्ट मेरिज रिजनल अस्पतालमा उपचार गर्दा गदै ज्यान गएको मृतकका आफन्त अमृत श्रेष्ठले जनाएका छन् ।गोरखाको शहिद लखनथापा गाउँपालिका , ८ बुंकोटको छापथोक घर भई टेक्ससको डयालस बस्दै आएका थिए ।
उनी एक वर्ष अघि मात्र अमेरिकी सेनामा भर्ति भएका थिए । ६ वर्ष अघि विद्यार्थीको रुपमा अध्ययनका लागी अमेरिका आएका श्रेष्ठले केही दिन अघि मात्र एक वर्षको अमेरिकी सेनाको तालिम पुरा गरेको बताईन्छ । उनी तीन वर्ष अघि मात्र नेपाल पुगेर अमेरिका फर्केका थिए ।

सम्बन्धित खवर
-
अमेरिका– अमेरिकाका ...
-
अमेरिका– इन्डोनेसिायमा ...