गैरआवासिय नेपाली संघ एनआरएनएको काठमान्डौमा जारी अधिवेशनमा अमेरिकाबाट सचिव पदमा उम्मेदवारी दिएका गौरीराज जोशी र उपसंयोजक पदमा उम्मेदवारी दिएका राम सि पोखरेल एक्ला उम्मेदवार हुन । जोशी संगै सचिव पदका लागी खाडी क्षेत्रबाट आर के शर्मा सचिवको उम्मेदवार छन् । उपसंयोजकमा अन्य दुई जना बेदराज बस्नेत तथा दिल्ली भट्टराईले उम्मेदवारी दिएपछि पोखरेल अमेरिकाबाट एक्ला उम्मेदवार बनेका हुन । पोखरेलका प्रत्याशिको रुपमा क्यानडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी दिएका छन् ।
यता सचिव पदमा उम्मेदवारी दिएका गौरी राज जोशी मात्रै एक्ला उम्मेदवार हुन । अमेरिकाबाटै उपाध्यक्षमा डाक्टर केशव पौडेल ,सोनाम लामा र महिला उपाध्यक्ष रविना थापा गरी तीन जना भिडिरहेका छन् ।
त्यस्तै अमेरकाको क्षेत्रीय संयोजकमा तीन जनाले उम्मेदवारी दिएकोमा नविन शेरचनले उम्मेदवारी फिर्ता लिए पनि राजन त्रिपाठी र विनोद शाह दुई जनाले उम्मेदवारी दिएका छन् । अमेरिकाज क्षेत्र महिला संयोजकमा उमा कार्की र राधा पौडेल उम्मेदवार छन् ।