झन्डै दशक अघि टेक्सासको डालसमा माला महत ले सैलुन व्यवसाय सुरु गर्दा नेपालीले संचालन गरेका सैलुन फाटफुट्ट मात्रै थिए । सन् २००५ मा अमेरिका आएको केही वर्ष पछि उनले एभरेष्ट थ्रेडिङ सैलुनका नाममा सौन्दर्य व्यवसाय सुरु गरिन ।टेक्सासको सहरी क्षेत्र डालसमा सुरु भएको उनको व्यवसायका मुख्य ग्राहक अमेरिकन नै भए ।फाटफुट्ट केही नेपाली पनि उनको सैलुन सेवा लिन आउथे ।
करोड भन्दा बढी लगानी भइसकेको उनको सैलुन व्यवसायमा धेरै नेपालीले रोजगारी संगै तालिम लिने मौका पनि पाए । ‘यता आएपछि नेपाली महिलाहरुलाई तालिम लिएर यो व्यवसाय गर्न सहज छ’उनले भनिन–‘आफै खटेर लाग्न सके कमाई पनि राम्रो छ ।’ अहिले उनको एभरेष्टका नाममा डालस क्षेत्रमा चार वटा सैलुन संचालनमा छन् । उनका अनुसार तालिम लिएका ५० जना नेपाली महिलाहरु मध्ये केहीले आइब्रो खोलेका छन् भने कतिले अन्यत्र काम गरेको पाईन्छ । थोरै लगानीबाट पनि यो व्यवसाय सुरु गर्न सकिने भएकाले नेपालीहरु बसोबास रहेका अमेरिकाका सबै जसो राज्यहरुमा सैलुन व्यवसाय महिलाहरुको रोजाईमा परेको छ । अमेरिकाको अन्य राज्य जस्तै नेपालीहरुको उल्लेख्य बसोबास रहेको टेक्सास राज्यमा नेपाली महिलाहरुमा ब्युटीपार्लर व्यवसाय प्रतिको क्रेज बढ्दो छ । पार्लर व्यवसाय गर्ने नेपालीहरुको संख्या पनि बढीरहेको छ । सामान्यत १० हजार डलरबाट सामान्य रुपमा कोठा लिजमा लिएर पनि आइब्रो व्यवसाय चलाउन सकिन्छ । अहिले नेपालीहरु ले २० हजार डलर देखि एक लाख डलर सम्म लगानी गरेर सैलुन व्यवसाय संचालन गरेको व्यवसायमा संलग्न व्यवसायीहरु बताउछन् । आईब्रो सेवा मात्रै संचलान गर्ने देखि हेयर फेसियल, हिना ट्याटु, वाक्स सबै एकै ठाउमा समावेश गरेर व्यवसाय संचालन गर्ने नेपालीहरुको संख्या उल्लेख्य पाईन्छ । त्यस्तै तालिम लिएर भारतीय, पाकिस्तानी तथा अमेरिकन पार्लरमा आफनो सिपको सदुपयोग गर्ने नेपालीहरु पनि त्यतिकै छन् ।
झन्डै आठ वर्ष अमेरिकाको न्युयोर्क सहरमा सौन्दर्य क्षेत्रमा काम गरेको अनुभवलाई सदुपयोग गदै शारदा थापाले टेक्सासको हर्स सहरमा साझेदारीम सनसाईन ब्युटी सैलुन संचालनमा ल्याईन । न्युयोर्कबाट सैलुन व्यवसायी गर्न सपरिपार यता आएकी उनले व्यवसायमा राम्रो संभावना देखेर यता आएको बताइन । उनको पार्लरमा आईब्रो देखि हेयर डिजाइन, फेसियल तथा नेल आर्टको सुविधा उनले उपलब्ध गराउदै आएकी छन् । पार्लरमा चार जनाले रोजगारी पनि पाएका छन् ।अत्याधुनिक रुपमा संचालनमा आएको पार्लरमा ५० लाख रुपैया लगानी रहेको बताइन ।व्यवसायका लागी सहज र सस्तो भएकाले पनि अन्य राज्यबाट पनि नेपालीहरु टेक्सासमा बसाई सदै धमाधम सैलुन व्यवसायमा लागेका छन् ।
सैलुन व्यवसायमा राम्रो अवसर देखेर नै ब्युटी स्कूलमा अध्ययन गर्ने नेपाली युवतीहरुको संख्या पनि दिनप्रतिदिन बढ्दो छ ।