मेघा घिमिरेको जीवनमा त्यो दिन बज्रपात भयो ,जुन दिन उनले आफना दुवै हात गुमाउनु प¥यो । आफनो गरिखाने हात नै नभएपछि उनी माथि परेको पीडा सायदै उनीलाई मात्र थाहा होला । साढे तीन वर्ष अघि आफनो घरको छतमा करेण्ट लागेर उनले दुवै हात गुमाइन ।
त्यही दुखमा उनलाई साथको खाचो थियो तर जिन्दगी भर साथ दिने कसम खाएका श्रीमानले पनि त्यही बेला उनको साथ छाडे । सहारा दिनेले साथ छाडेपछि उनी रातदिन रोइन । कहिल्यै उनको आँखा ओभानो भएन । पीडा माथि पीडा बल्झियो ।
हात गुमेपछि उनले जिन्दगी नै गुमेको महसुस गरिन त्यतिबेला । जिन्दगी देखिनै विरक्त बनिन । वर्षोसम्म दुई हात विना जिन्दगीको डुंगा कठिन रुपले चलाइरहिन । दुई हात गुमेपछि आर्थिक रुपले पनि उनी कमजोर बनिन । जिन्दगीमा एक पछि अर्को गदै उनले बज्रपात सहनु प¥यो । हात गुमेकै कारण श्रीमानले छाडेपछि उनले झनै एक्लो महसुस गरिन । खग्रास लाग्यो जिन्दगीमा ।
तै पनि आमाको साथ र ढाडसले उनलाई संघर्ष र जिन्दगीमा जिउन सिकायो । दिसापिसाब गर्न समेत उनलाई अरुको साथ चाहिन्थयो । त्यस्तो बेला साथ दिनेले साथ छाडे ।
दुई हात नभए पनि आमा र आफन्तको हौसलाले आफुलाई सपांगकै अनुभुति गरिन । जिन्दगीमा पीडालाई आत्मसाथ गदै कत्ति पनि हरेश नखाइ सहयोगको अपिल गदै संचारमाध्यमा सार्वजनिक भइन । त्यसपछि उनलाई हौसला मात्र हैन आर्थिक सहयोग पनि हुन थाल्यो । सबैको सहयोग भएको खण्डमा गुमेको दुवै हात हाल्न पाईन्छ भन्ने उनले सुनेकी थिइन ।
आखिर उनका लागी ढुगा खोज्दा देवता मिले जस्तै भयो । उनको पुकार अमेरिकाको बाल्टीमोर निवासी नर्स समाजसेवी रिमा केसीले सुनिन । उनका लागी उनी देवता नै बनिन । यसका लागी रिमाले मेघाको हात जोडनका लागी सहयोगको पहल थालिन । नारायण रिना फाउन्डेसन मार्फत उनको हात जोडनका लागी अमेरिकाबाट पहल थालिन । सुरुमा फेसबुक मार्फत सहयोग जुटाउन रिमाले पहल गरिन । तर यो उनका लागी पर्याप्त हुन सकेन । पछि नारायण रिना फाउन्डेसन मार्फत आव्हान गरिन सहयोगका लागी ।
उनको आग्रहमा सहयोगी हातहरु अग्रसर भए । हात हाल्नका लागी उनले अमेरिकाका धेरै अस्पताल हारगुहार गरिन । धेरैले मानेन । लामो प्रयासपछि राजधानी वासिङटन डिसीको एउटा प्रतिष्ठित अस्पताले रिमा केसीको कुरा सुन्यो । त्यसपछि रिमा मेघा लिन भनेर नेपाल गइन । अमेरिकी दुताबासले सुरुमा भिसा दिएन । उनी एक्लै फर्किन । तर अहिले भने अमेरिकी भिसा पाएर मेघा यहा“ आएर पनि हात हाल्ने प्रकृयामा अस्पताल पुगीसकेकी छिन् ।
रिमाकै पहलमा आफनी आमा संगै अमेरिका आएर अस्पतालमा हात हाल्ने काम समेत सुरु भएपछि मेघाको खुशीको सिमा छैन । । ६ देखि ८ हप्ता उनको थेरापिष्टको काम हुनेछ’ सहयोगी रिमा केसीले भनिन– ‘त्यसपछि उनको दुवै हात पुर्ण हुनेछ ।
झण्डै साढे दुई महिनाको बसाईपछि उनको गुमेका दुवै हात पुर्ण हुनेछन् । दुई हात नहुदा भोगेको सास्तीले उनलाई यो साढे तीन वर्ष कम्ति पिरोलेन । सामान्य कामका लागी पनि अरुको भर पर्नु प¥यो । गुमेको दुवै हात फेरि जोडिने भएपछि हर्षित बनेकी मेघाले भनिन–‘फेरी मेरा खुशीका दिन फर्किदैछन् ।’ उनले आफुलाई सहयोग गर्ने प्रति धन्यवाद दिएकी छिन् ।