भारतीय तथा एशियाली मुलुकका घरलाई लक्ष्ति गरी लुटपाट मच्चाउदै आएकी एक गिरोहकी नाइके अमेरिकी महिललाई ३७ वर्षको सजाय सुनाइएको छ ।
उनी टेक्सस निवासी ४४ वर्षिया चाका कास्त्रो हुन । उनलाई मिचिगन अदालतका न्यायधिस लौरी माइकल्सनले दोषी ठहर गदै सजाय सुनाएको हो ।
कास्त्रो र उनको गिरोहले न्युयोर्क, जर्जिया, ओहायो, मिचिगन तथा टेक्ससका घरहरुलाई निशाना बनाउदै २०११ देखि २०१४ सम्म लुटपाट गदै आएका थिए । कास्त्रोले डकैती गर्नु अघि यी राज्यका एशियन तथा भारतीय मुलका अमेरिकनहरुको घरको सुची तयार पारेर गिरोहलाई लुटपाटका लागी जिम्मेवारी दिने गर्थिन । गिरोहले हतियार सहित घरभित्र पसेर घरका सदस्यलाई बन्दक देखाउदै लुटने गरेका थिए ।
सन् २०१९ जुन ५ मा लुटेराकी नाइके कास्त्रोलाई अदालतले दोषी ठहर गरेको थियो ।
वासिङ्गटन डीसी-नेपाल-अमेरिका ...
अमेरिका-अमेरिकामा विवाह ...