युएसनेपाल पाेस्ट
अमेरिकामा दिनहुँ जसो विभिन्न राज्यमा गोलबारीका घटनाले जनधनको क्षति संगै कयौ घाइते हुने क्रम बढ्दो छ ।
बन्दुक राख्ने सहज कानुनको फाइदा उठाउदै सन्काह व्यक्तिहरुले जथाभावी बन्दुक आतंक मच्चाउन थालेपछि घटनाहरु बडदै गएको हो । केही महिना अघि अमेरिकाको टेक्सस र ओहायो राज्यमा भएको गोलबारीको घटनामा ३० जनाको ज्यान जानुका साथै ४५ जना भन्दा बढी घाइते भए । यो त उदाहरण मात्रै हो । पछिल्लो क्रममा पनि विभिन्न पार्टि तथा समारोहमा गोलाबारीका घटनाहरु नियमित भइरहेका छन् ।
यसरी दिनानुदिन बन्दुक आतंक बढदै गएपछि जनमानसबाट विरोधको स्वर उठे पनि बन्दुक संस्कृतिमा कुनै कमी आउन सकेको छैन । बन्दुक राख्न पाउने नपाउने विषयमा धेरै बहसहरु भए पनि त्यसले कुनै सार्थक परिणाम निकाल्न सकेको छैन ।
अमेरिकामा बन्दुक राख्न पाउने सामान्य घटनाले अपराधी प्रवृत्ति मौलाएर गएको छ । अहिले सम्म अमेरिकी सरकारले बन्दुक नियन्त्रण गर्न सकेको अवस्था छैन । बन्दुक राख्न पाउने सहज कानुनकै कारण यहा“ बन्दुक आतंक मौलाएर गएको हो ।
अमेरिकाको एक सरकारी तथ्याङक अनुसार २०१९ मा अहिलेसम्म २ सय ६० भन्दा बढी बन्दुक आतंकका घटनाहरु भएका छन् । घटनामा ५ सय ३० भन्दा बढीको ज्यान जानुका साथै २ हजार ५० भन्दा बढी घाइते भएका छन् ।
गोली लागेर ज्यान जाने दुख्द घटना एकातिर छदैछ अर्कोतिर गोली लागेर घाइते भई अंगभंग हुनेहरुको अवस्था त्यतिकै दारुण छ । अमेरिकाको रोक नियन्त्रण रोकथाम केन्द्रका अनुसार हरेक वर्ष गोली लागेर ८० हजार जना घाइते हुने गरेका छन् । गोली लागेर शरीरमा सिसाको कारण धेरै पीडित हुने गरेका छन् । जसले घातक रोग मृगौला खराब हुने र हातखुट्टा नचल्ने हुन्छ ।
अमेरिकामा बन्दुक आतंकको घटना संगै बन्दुककको खुलेआम बिक्रीको विषयमा चर्चा र बहस हुने गर्छ र पछि सेलाएर जान्छ । अमेरिकामा ठुला पसल देखि लिएर साना स्टोरमा खुलेआम बन्दुकको किनबेच हुन्छ । यति सम्मकी यहा“ बन्दुकको प्रदर्शनी समेत हुदै आएका छन् ।
सन २०१२ मा केन्टकी राज्यको विद्यालयमा भएको गोलीकाण्ड पछि तत्कालिन राष्ट्रपति बराक ओबामाले आफनो कार्यकालमा बन्दुक नियन्त्रणका लागी बिल पेश गरेका थिए । उक्त घटनामा विद्यार्थी र शिक्षक गरेर २६ जनाको ज्यान त्यतिबेला गएको थियो । तर अमेरिकी संसदमा उनको बिल पास हुन पाएन । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत बन्दुक नियन्त्रणका लागी पहल गरे पनि त्यसले साकार रुप लिन सकीरहेको छैन ।
सन् २०१५ को मे महिनामा वासिङटन पोष्टमा छापिएको समाचार अनुसार अमेरिकामा जनसख्या भन्दा धेरै बन्दुकको सख्या छ । सन् २०१३ मा अमेरिकको जनसंख्या ३१ करोड ७० लाख रहेकोमा नागरिक संग रहेको बन्दुकको संख्या ३५ करोड ७० लाख थियो । यो सबै बन्दुक राख्न र किन्न पाइने सहजताकै कारण भएको हो । अमेरिकामा बढदै गएको बन्दुक हिंसाले राष्ट्रिय सुरक्षामा समेत चुनौति थपिएको छ ।
अमेरिकामा पछिल्लो समय भएका केही केही ठुला बन्दुक हमलाका घटना
१, २०१९, ३१ मे मा भर्जिनियमा १२ जनाको मुत्यु
२, २०१९ फरवरी १५ मा अरोरामा पाच जनाको मृत्यु
३, २०१८, ७ नोभेम्बरमा क्यालिफोर्नियामा १२ जनाको मुत्यु
४, २०१८ अक्टोबर २७ मा पिट्सबर्गमा ११ जनाको मुत्यु
५, २०१८ जुन २८ मा टेक्ससको हाइस्कुलमा १० जनाको मुत्यु
६, २०१८ फेब्रुअरी १४ मा फलोरिडाको हाइस्कुलमा १७ जनाको मुत्यु
७ २०१७ नोभेम्बर ५ मा टेब्ससमा २६ जनाको मुत्यु
८, २०१७ अक्टोबर १ मा लस भेगासमा ५८ जनाको मुत्यु
तस्वीरहरु एजेन्सी