अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा मुत्यु र डरलाई लुकाउन इन्टरनेट बन्द गराएको आरोप लगाएका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीट गदै उक्त मुत्यु र डरलाई छेक्न इरानले पर्दा लगाएको आरोप लगाएका हुन । अमेरिकाले पहिल्यै देखि इरानसंग आर्थिक तथा कुटनितिक दबाब सृजना गदै आएको छ । ट्रम्पको यो ट्वीट संगै दबाब झनै बढेर गएको छ ।
ट्वीटमा भनेका छन्–इरान यति धेरै आर्थिक रुपमा अस्थिर भइसकेको छ की शासनले पुरै इन्टरनेट प्रवाह नै ठप्प पारेर इरानी जनताले देशमा भडकेको हिंसाको बारेमा केही बोल्न पनि पाएका छैनन ।
उनले सारालाई जानकारी नहोस की इरानी सत्ताले मृत्यु र त्रासीलाई अंगीरका गरिहेको छ ।
इरानमा गत शुक्रबार पेट्रोलको भाउ बढाएपछि केही घन्टँम्ँ देशभर प्रर्दशन भएको थियो । प्रदर्शनकारीले पुलिस चौकीमा हमला गर्नुका साथै पेट्रँेल पम्पमा आगलानी र बजारमा लुटपाट समेत मच्चाएका थिए । इन्टरनेट पुरै बन्द भएकाले घटनाका बारेमा पुरा जानकारी प्राप्त हुन सकेको छैन । समाचार स्रोतका अनुसारमा हिंसामा १५ जनाको मुत्यु भएको पुष्टि गरे पनि एमनेस्टी इन्टरनेसनले मुत्यु हुने को यकीन संख्या सय भन्दा बढी हुन सक्ने बताएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected