उप निर्वाचन मिति नजिकिँदै जाँदा नेपाल कम्यूनिष्ट पार्टी नेकपाले आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ । वडा तथा टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीहरुले मतदातासम्म पुगेर भोट माग्ने कार्य जारी राखेका छन् ।
पोखरा महानगरका ११ वटै वडामा वडा तथा टोल स्तरीय निर्वाचन परिचालन कमिटिहरुले चुनाव लक्षित कार्यक्रम अन्र्तगत महिला ¥याली, यूवा मार्चपास, अन्र्तक्रिया, घरदैलो, तथा कोणसभाहरु आयोजना गर्दै आएका छन् । चुनाव लक्षित कार्यक्रम अन्र्तगत नै आईतबार पनि सवै वडामा चुनाव लक्षित कार्यक्रमहरु गरिएका छन् ।
नेकपाले पोखरा ४ का मतदातासँग भेटघाट गरिरहेको छ । नेकपा वडा कमिटी, बुद्धिजीवीहरु सहित घरदैलौ गरी नेकपाका एजेन्डा जनतालाई बुझाउने क्रम जारी रहेको चुनावी कमान्डर दामोदर बैरागीले बताए ।

पोखरा ७ मा नेकपानिकट सहकारीकर्मी र बुद्धिजीवीको बैठक भएको छ । नेकपा वडा अध्यक्ष पुरुषोत्तम रेग्मीले घरदैलोकोसहित नमुना मतपत्र लिएर निर्वाचन परिचालन कमिटी लागिरहेको बताए ।

वडामा मतदाताका माग सुन्ने र बुथ कमिटी सदस्यहरुलाई प्रशिक्षण दिइरहेको पोखरा ८ अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिए ।

यता वडा नं ९ मा पनि मतदाता भेटघाटको क्रम तीव्र पारिएको छ । वडाका चुनावी कमाण्डर प्रभा कोईरालाको नेतृत्वमा आईतबार विहान महेन्द्रपुलमा घरदैलो गरिएको छ । पालिखेचोक, भीमसेनचोक, हुँदै नयाँबजार, शुभकामना टोल लगायतका स्थानमा घरदैलो गरिएको वडा कमिटि अध्यक्ष यम बहादुर कार्कीले जानकारी दिए । घरदैलोका क्रममा मतदाताहरुले समृद्धिको संवाहक नेकपा उम्मेद्वार विद्या भट्टराईलाई नै मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेकपा पोखरा ११ का चुनावी कमान्डर चूडामणि जंगलीले आइतबार काहुँडाँडामा घरदैलो भइरहेको बताए । उनले मतदान गर्न सिकाउने, उम्मेदवारको चिठी बुझाउने र पार्टीको घोषणापत्रबारे प्रकाश पार्ने कार्य भइरहेको जनाए ।

वडा नं १५ मा खरबारी, मितेरी टोल, ठूली मजुवा लगायतका स्थानमा घरदैलो गरिएको छ । वडाका चुनावी कमाण्डर एवं नेकपा कास्की सचिव बखान सिंह तमुको नेतृत्वमा घरदैलो भएको थियो । घरदैलोका क्रममा मतदाताहरुले जनताहरुको सुख–दुखमा नेकपा नै विश्वासीलो पार्टी भएकाले सूर्य चिन्हमै भोट दिने विश्वास दिलाएका छन् । साथै उनीहरले विद्या भट्टराई जस्तो प्राज्ञिक व्यक्तित्वले आँफूहरुका भावना सहजै बुझ्ने उनीहरुको विश्वास छ । घरदैलोको क्रममा नेकपा वडा कमिटि १५ का अध्यक्ष भक्त बहादुर खत्री, वडा तथा टोलमा गठीत निर्वाचन परिचालन कमिटि संयोजकहरुको सहभागिता थियो ।
उम्मेदवारसहितको घरदैलो सकिएपछि नेकपा पोखरा १७ ले वडाका विभिन्न भेगका मतदातासँग भेटघाटसहित अन्तक्र्रियाा गरिरहेको छ । नेकपा पोखरा १७ सचिव ईश्वरी लम्सालले मंसिर १० गतेसम्म घरदैलो गरी नेकपा नेतृत्वका ३ तहका सहकारले गरेका काम र एजेन्डाहरु बुझाइरहेको बताए । पोखरा १७ मा यो आर्थिक वर्षमा मात्रै ५४ करोड १५ लाखका काम भइरहेका छन् । यही आर्थिक वर्षमा ३ झोलुगे र ५ मोटरेबल पुल र १ मर्मत गरी ११ वटा पुललाई बजेट छ । मुस्ताङचोकबाट छोरेपाटनसम्म ४ लेनको ठेक्का, वडाका सबैजसो भागमा खानेपानी व्यवस्था भइसकेको पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए । वडा कार्यालयले दामोदर खोला भलपानी नियन्त्रण नियन्त्रण गरी बस्तीलाई जोखिमबाट जोगाएको छ ।
पोखरा २० मा बुथ कमिटीको प्रशिक्षण, घरदैलोको समीक्षा, मतदाता शिक्षा जस्ता अभियानमा नेकपा लागेको अध्यक्ष भीमप्रसाद बास्तोलाले बताए । पोखरा २१ मा चुनावी कमान्डर दीपक पौडेल, खड्ग हमाल, झपट रानाभाट, श्रीराम सुवेदी लगायतको टोली मतदाता भेटघाट र नेकपाको रोडम्याप जनतालाई बुझाउन व्यस्त छन् । पोखरा ३३ का ५ बुथ कमिटीका बैठक गरी रणनीति तय गरिएको र आवश्यकता अनुसार घरदैलो र छलफल र भेटघाटमा केन्द्रीत रहेको नेकपा अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीले बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected