अन्तराष्ट्रिय भारत्तोलन (फुल पावरलिफटिङ) खेलका विश्व च्याम्पियन नेपाली खेलाडी रुप कार्की भारत्तोलन खेलको प्रर्वद्धनका लागी नेपाली जादै छन् ।
अमेरिका भर्जिनिया निवासी उनी आफुले सिकेको सिप अरुलाई सिकाउन अर्को साता डिसेम्बर ३ मा नेपाल जान लागेको हुन ।
‘म भन्दा पनि राम्रो भारत्तोलन खेलाडी नेपालमा उत्पादन भएर पदम जितुन भन्ने ठुलो आकांक्ष छ’ कार्कीले युएसनेपाल पोष्ट संग भने–‘यसका लागी आफुले खेलाडी उत्पादनमा गर्नुपर्ने हरेक सहयोग गर्न तत्पर रहेको छु ।’
उनले काठमान्डौ लगायत नेपालका मुख्य सहरहरुमा भारत्तोलन खेलको प्रवद्र्धन संगै आफुले सिकेको सिप प्रर्दर्शन गर्नेछन् ।
अघिल्लो वर्ष पनि उनी खेल प्रर्वद्धनका लागी नेपाल गएका थिए । त्यस क्रममा उनले भारत्तोलन खेलको प्रशिक्षण पनि दिए ।

प्रधानमन्त्री केपी खोली संग भेटघाट गरी भारत्तोलन खेलको नेपालमा प्रर्वद्धन र खेलाडी उत्पादनको विषयमा छलफल गरेका थिए । ‘प्रधानमन्त्री समेत सकारात्मक देखिनु भएको थियो’ कार्कीले भने–‘यसपटक पनि मिल्यो भने प्रधामन्त्रीसंग भेटघाट गरेर नेपालमा भारत्तोलन खेलका लागी के गर्न सकिन्छ राय सल्लाह लिनेछु ।’
उनी जनवरी १२ मा काठमान्डौमा हुने भारत्तोलन प्रतियोगिताको मुख्य अतिथीको रुपमा समेत सहभागि हुदैछन् कार्कीले हालै आयरल्याण्डमा सम्पन्न पावरलिफटिङ आइपियल प्रतियोगितामा २ सय २० पाउन्ड समुहमा विश्वच्याम्पियन बन्दै रेकर्ड कायम गरेका थिए ।

 


अन्तराष्ट्रिय भारत्तोलन खेलमा विश्व च्याम्पियन भएको यो उनको दोस्रो पटक हो । यस अघि २०१७ मा अमेरिकाको एटलान्टामा भएको पावरलिफटिङको अन्तराष्ट्रिय प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जितेका थिए ।
अमेरिकास्तरीय प्रतियोगितामा त उनले दर्जनौ पटक जीत हासिल गदै च्याँिम्पयन बनीसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected