सुगम संगीतका चर्चित गायक शिव परियारले लस एन्जलस तताउने भएका छन् ।
नोभेम्बर ३० मा लसएन्जलसको हिमालयन ग्रिलमा आयोजीत लाइभ म्युजिकल नाइटमा उनले आफनो लोकप्रिय गीतले तताउने भएका हुन ।
लस एन्जल्सका युवा व्यवसायी अमृत महतोका अनुसार कार्यक्रममा उपस्थिति हुने दर्शकलाई रेड कार्पेटमा स्वागत गरिने गरिनेछ । यस अघि पनि रामकृष्ण ढकाल लगायतका चर्चित गायकलाई डाकेर सांगीतिक कार्यक्रमहरु उनले आयोजना गरिसकेका छन् ।
गायक परियारका पागल बनायौ, क्या दामी भो, फेवा तालमा , शिर सजाउने लगायतका गीत लोकप्रिय छन् । गायक परियारले घन्टौ आफनो लोकप्रिय गीत गाएर दर्शकलाई मनोरञ्जन दिने महतोले बताए ।
अमेरिका-अमेरिकाका पसलहरुबाट ...
“अलिकति घुर्की लगाई रिसाउनुको ...