थैंक्सगिविङ विदा सुरु हुनु अगाडी नै अमेरिकाका विभिन्न राज्यमा जाडो बढेर हिमपात भएपछि पुर्व योजनाका कार्यक्रमहरु लथालिङ भएका छन् ।
क्यालिफोर्निया, क्लोराडो मिनिसोटा ओहायो लगायतका राज्यमा हिउ जमेर आवातजवातमा समेत समस्या भएको छ । थैंक्सगिविङको छुट्टी मनाउने योजना बनाएकाहरु चिसो र हिमपातका कारण निराश भएका छन् ।


मौसम प्रतिकुलताका कारण यो विदाको घुमघाम लगायत पार्टिहरु आयोजना गर्नेहरु प्रभावित भएका छन् ।
टेक्ससका संजीव क्षेत्रीले विदाको सदुपयोग गर्न क्यालिफोर्निया जाने योजना बनाएका थिए । मौसमले साथ दिएन उनले भने– ‘यही भएर योजना रद्ध गरे ।’
बिहीबारको थैंक्सगिविङ संगै अमेरिकामा लगात्तार चार दिन विदा परेकाले धेरैले बनाएका योजनाहरु मौसमका कारण यसरी प्रभावित भएको हो । झण्डै ५५ मिलियन अमेरिकनहरुले यो विदामा घुमघामको योजना बनाएका थिए । तर मौसमले धेरैको योजनालाई खलबल बनाएको छ ।


क्यालिफोर्नियामा बुधबार देखि चक्रवर्ति हुरी र हिमपातले जनजीवन अस्तव्यस्त बनेको छ । ३० इन्च भन्दा माथि सडकमा हिउ जमेपछि सवारी अडेका छन् ।
यस्तै दक्षिण मिनिसोटामा पनि रफतारमा हिमपात भइरहेको छ । बुधबार ठुलो हावाहुरी चलेपछि मिनिसोटामा हजारौ समुदाय बिजुली विना केही घन्टा अन्धकारमा रहनु प¥यो ।
यस्तो क्लोराडोको डेनेभर पनि हिमपातका कारण प्रभावित बनेको समाचार छ । हिमपातले गुम्ने धेरै योजनाहरु बिफल भएका छन् ।
टेक्ससमा पनि बुधबार देखि चिसो बढेर मौसम धुम्म छ । चिसोका कारण अधिकांश घर भित्र बसेर छुट्टी मनाइरहेका छन् ।

तस्वीर एजेन्सी

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected