कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरी फराकिलो अन्तरले जीत हासिल गरेकी छिन् ।
उनका निकटम प्रतिद्धन्द्धी खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरेका थिए । उनले ८ हजार भन्दा बढी मतले जित हासिल गरेकी हुन । जीतपछि प्रतिृकया दिदै विद्या भट्टराईले भनिन– ‘यो जीत रविन्द्र अधिकारी प्रतिको सम्मान हो ।’ उनले यो जीत कस्केली जनताको भएको बताइन । उनले जीतपछि सामाजिक र पुर्वाधार विकासका लागी काम गर्ने प्रतिवद्धता समेत जनाएकी छिन् ।
उनले आफु मत माग्न जसरी जनताको घर दैलो पुगेकी थिइन त्यसरी नै जीतपछि जनताको घरदैलो पुगेर विकास र समृद्धिका लागी प्रतिवद्धता व्यक्त गर्ने बताइन । उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन आफुले भुमिका खेल्ने पनि बताइन ।
उनले सुखी र समृद्धि नेपालका लागी थालेको अभियानलाई आम कास्कीले जनताले साथ दिएको बताइन ।
विद्याको जन्म नै राजनितिक परिवारबाट भएको हो । विवाह पछि पनि राजनितिमा होमिएकी उनी पारिवारिक कारणले रविन्द्रलाई अगाडी बढाएर आफु घरपरिवार सम्माहलन लागीन । विद्या २०४२ सालमा कलेज अध्ययन गर्दा देखि नै अखिलको राजनितिमा लागेकी थिइन । २०४७ सालमा उनी अखिल नेपाल महिलासंघ काठमान्डौ जिल्ला समितिको कोषाध्यक्ष बनिन । उनी २०५० मा अनेरास्ववियु महिला विभागको प्रमुख पनि बनिन । २०५५ मा अनेरास्ववियुको सचिव बनेकी थिइन विद्या । त्यतिबेला रविन्द्र अधिकारी महासचिव थिए । उनी २०५८ देखि प्राध्यापन पेशामा लागीन ।
रत्नराज्य क्याम्पसमा उपप्राध्यापक रहेकी विद्या हेलिकप्टर दुर्घटनामा रविन्द्रको निधन भएपछि कास्की २ मा नेकपाको उम्मेदवार बन्दै जीत हासिल गरिन ।
उनले रविन्द्र अधिकारीले लगात्तार जित्दै आएको उक्त स्थानमा त्यो विरासतलाई फेरि जोगाएकी छिन् । यस अघि कास्कीले जनताले रविन्द्रलाई जिताए जस्तै भारी मतले उनलाई जितायो ।
कास्की २ मा अन्य पार्टिको जमानत समेत जोगाउन नसक्ने हार भएको छ ।
यता विद्या संग फराकिलो मतले पराजीत खेमराज पौडेलले ट्वीट गदै लेखेका छन्–‘सम्झीदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हा“स्दै गयो, जुन प्रकृयाका लागी अर्पित थियो मेरो जीवन । म इमान्दार रहनेछु कास्कीको म प्रत्येक मत अनि देशविदेशका हरेकको माया प्रति । राजनिति जिते , मत जितिन । तर सायद मत जितेकी जस्तो लाग्छ । विजय नानीलाई हदयले बधाई ।
यस अघि आफुलाई देवघाट जान सल्लाह दिने नेकपाका अध्यक्ष दाहाललाई संसद भवनमा भेटने चाहना पुरा नभएपछि पौडेलको हार पछि यस्तो ट्वीट आएको हो ।