–शिव शर्मा चञ्चल
खबरदार छ, मिच्नेलाई, लिपुलेक र कालापानी
इतिहास साची छ, बलभद्रले लडेको नालापानी
यिनै पुर्खाका सन्तान हामी, झुक्न जान्दैनौ
बैरी आई लडन खोजे, लुक्न जान्दैनौ
हाम्रो शिर सगरमाथा, झुक्दै– झुक्दैन
तातो रगत नेपालीको ,कहिल्यै सुक्दैन
चन्द्रसुर्य झण्डा बोकी, अघि बढ्छ नेपाली
स्वाभिमान उच्च राख्न, एक हुन्छ नेपाली
फिर्ता देउ हाम्रो भुमि, इन्च–ईन्च नापेर
मर्न पनि तयार छौ, छाती थापेर
जुटेका छौ खोज्न हामी ,लिपुलेक र कालापानी
हामी फेरी आउन नपरोस ,बलभद्रले लडेको नालापानी ॥
तनहुँ ,नेपाल
हाल टेक्सस, अमेरिका
समय अनुसार भलाकुसारीका ...
अमेरिका–संसारकै शक्तिशाली अनि ...