टेक्सस संवाददाता
नेपाली समुदायको ठुलो संस्था नेपाली समाज टेक्ससको आसन्न निर्वाचनको सरगर्मि बढेको छ ।
आउ“दो डिसेम्बर २८ मा हुने निर्वाचनका लागी अध्यक्षको रस्सा कस्सी चलिसकेको छ । समितिको ११ औ कार्यासमितिको निर्वाचनका लागी यतिबेला साजन मुल्मी र उत्तम शर्मा लामिछानेको चर्चा चलेको छ ।
नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्ससको अध्यक्षका लागी यी दुई जनाको नाम अगाडी आएको छ । भित्री रुपमा उनिहरुले अध्यक्षका बन्नका लागी लविङ समेत सुरु गरिसकेको नेपाली समाज टेक्सस समितिको स्रोतले बताएको छ ।
साजन मुल्मी यस अघि गौरीराज जोशी अध्यक्ष भएको कार्यकालमा नेपाली समाज टेक्ससको उपाध्यक्ष भएर काम गरिसकेका छन् । युलेस टेक्सस निवासी मुल्मी व्यवसायी हुन ।
यस्तै अध्यक्षका अर्का दाबेदार उत्तम शर्मा लामिछाने यस अघि एनआरएनए टेक्सस च्याप्टरको अध्यक्ष भइसकेका थिए । विभिन्न सामाजिक क्षेत्रमा समेत कृयाशिल लामिछानेले पनि अध्यक्षका लागी रुची देखाएका छन् । उनी पनि पेशाले व्यवसायी हुन ।
अहिले सम्म यी दुई बाहेक अन्यले अध्यक्षका लागी दौड सुरु गरिसकेका छैनन । सुमन थापा पुनः अध्यक्षका लागी दावेदारी हुने नहुने भन्ने बारेमा भने मौन रहेका छन् ।
निर्वाचनमा सहभागी हुन सदस्य आव्हान
यसै बीच नेपाली समाज टेक्ससको ११ औ कार्यकारी समितिका निर्वाचनका लागी उम्मेदवार तथा सदस्यका लागी सदस्यता लिन आव्हान गरिएको छ ।
आगामी डिसेम्बर २८ मा हुने निर्वाचनका लागी २१ गते भित्रमा सदस्यता लिइ सक्नु पर्ने सदस्यता कमिटिका प्रमुख विजयराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार साधारण सदस्य शुल्क २०, आजीवन सदस्यता ५ सय र ट्रस्टी सदस्य शुल्क ५ हजार डलर तोकिएको छ ।
पछिल्लो समय नेपाली समाज टेक्ससमा कार्यसमितिमा उठने उम्मेदवारको शुल्क चर्को रुपमा वृद्धि गरेपछि सर्वसाधारणले बिरोध जनाएका छन् ।
निर्वाचन कमिटिले बढाएको उक्त शुल्कमा अध्यक्षको १ हजारबाट ५ हजार, उपाध्यक्षको ३ हजार तथा सदस्यको ५ सय डलर पु¥याएको छ ।
यसरी चर्को शुल्क वृद्धि गरेर नेपाली समाजलाई एनआरएनए संस्था जस्तो बनाएको भन्दै धेरैले बिरोध जनाएपछि यसबारेमा नेपाली समाज टेक्ससले बिचार बिर्मश गरेको छ ।
शुल्क केही महंगो भएकै हो, धेरैबाट यसमा प्रतिकृया आएको छ ’ नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले भने– ‘यसमा बारे हामी कार्यसमतिको बैठक बसेर छलफल गरेर टुगो लगाउनेछौ ।’