पाेखरा/युएसनेपाल पाेस्ट
संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालले यही मंसिर २२ गते दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०अन्तर्गत पोखरामा जारी प्रतियोगिताको सुरक्षा व्यवस्था तथा प्रहरी परिचालनको विषयमा जानकारी लिनुका साथै छलफल एवं अन्तरक्रिया समेत गर्नुभएको छ ।
राष्ट्रको प्रतिष्ठासंग प्रत्यक्ष जोडिएको सागको सुरक्षा व्यवस्था बारे जानकारी लिई त्रुटिरहित ढंगले प्रहरी परिचालन गर्न निर्देशन दिनुका साथै सभ्य एंव भव्य रुपले सफल पार्ने उदेश्यले प्रहरी महानिरीक्षक खनाल आईतबार पोखरा आईपुग्नु भएको हो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले खेल प्रतियोगिता, खेलाडी, प्रशिक्षक, दर्शक, सवारी आवगमन लगायतका विषय समेटिएको साग सुरक्षा रणनीतिबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रष्ट पार्नुभएको थियो ।
सोही क्रममा प्रहरी महानिरीक्षक खनालले पोखरा रंगशालामा गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय नरदेवि पुन मगरको अध्यक्षतामा सम्पन्न साग सुरक्षा विशेष अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुनुभएको छ ।
साथै उहाँले पोखरा रंगशालाको समेत स्थलगत अवलोकन गर्नुभई प्रतियोगिताको सुरक्षार्थ स्थापना भएको नेपाल प्रहरी कमाण्ड पोष्ट र प्रतियोगिता अन्तर्गत अन्य खेलकुद हुने स्थानको समेत अवलोकन गरी साग लाई सफल पार्न हर(प्रहर सुरक्षा व्यवस्था मिला