–रन्जु आचार्य
निमन्त्रणा भो
पुर्वको देशबाट
लेख्दै छु हाइकु ।
मन र मुटु
मस्तिस्क जोडेर नै
बन्छ हाइकु ।
छैन समय
बसेर लेख्न कथा
बरु हाइकु ।
निरश छ रे
कसरी भर्ने रस् ?
हाय : हाइकु ।
लेख्ने लेखेरै
बोल्नेहरु बोलेरै
बिक्यो हाइकु ।।
अमेरिका–संसारकै शक्तिशाली अनि ...
देशमा आम–निर्वाचन सकियो । ...