जिस्काउंछन साथिहरू उसको नाम लिएर मलाइ

खुसी लाग्छ …, मख्ख पर्छु, …….रमाइलो लाग्छ, ……घमन्ड गर्छु

उसको नाम संग जोडिन पाउंदा……, उसको नाम मेरो नाम संग गांसिदा

कीन भन्दैनस् उसलाई???

साथीहरू सोध्छन् मलाइ …..बारम्बार,

पटक पटक…

म बोल्दिन, …….जवाफ छैन मसंग

के भनु? के बोलु???? के देखाऊ???

के सुनाऊ म उसलाई…

..बूझ्दिन ऊ…..

मेरो भावनाका बारे,…

मेरो पर्खाइका बारे..

मेरो चाहनाका बारे

मेरो एकतर्फी प्रेमका बारे..

डराउछू….धेरै डराउंछु .

.लुर्थुक्कै हून्छु ….

आफ्नो सामू उसलाई पाउंछु जब….

ऊ हेर्छे मलाई…..

सजिलो गरी, ……धेरै सजीलो गरि

बोल्छे ऊ मसंग, ……सजिलो गरि

अरू संग बोल्छे जसरि..

तड्पिन्छु …….म ,…… बौलाउंछु दिनदिनै ….

हरेक दिन,…..पलपल , हरेक पल उसकै लागि…..मेरै प्रेमिकाको लागी,

मेरी रीयाको लागि

तर …..

खुसी लाग्छ…., धेरै खुसी लाग्छ

मख्ख पर्छु……रमाईलो लाग्छ…

घमन्ड गर्छु

उसको नामसंग जोडिन पाउंदा

उसको नाम लियर साथिहरूले जिस्काईदिदा…

उसको नाम लिएर साथीहरूले जिस्काइदिदा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected