टेक्सस– गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिको भर्खर सम्पन्न बैठकबाट आइसिसि सदस्यमा अमेरिकाबाट ६ जना सदस्य मनोनित भएका छन् ।

मनोनित सदस्यहरुमा पासाङ लामा शेर्पा, प्रमोद सिटौला, डा हरिहर दाहाल, , डा विष्णुमाया परियार, पुरुषोत्तम बोहोरा र यमुना भट्टराई रहेका छन् ।
यस्तै आइसिसिको होनरी काउन्सिल सदस्यमा टेक्ससबाट तीन सदस्य मनोनित भएका छन् । मनोनित मध्ये कृष्ण लामिछाने र  विकास उप्रेतीले निर्णय अस्वीकार गदै समाजिक संजाल मार्फत राजनिमा सहितको विज्ञप्ती जारी गरेका छन् ।  उनीहरु दुबैले निर्णय अस्वीकार गरेका छन् ।
बेद बस्नेतको भने अहिले सम्म आधिकारिक धारणा आएको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected