टेक्सस -अमेरिकाकाे टेनिसी स्थित एक विश्वविद्यालयमा पिएचडी गदै गरेकी नेपाली चेली इमिषा गुरुङ युएनमा भाग लिन स्वीजरल्याण्ड पुगेकी छिन् ।
टेनिसीको युनिभर्सिटी अफ लुइस्भिल स्कुल अफ मेडिसिनमा पिएचडी अध्ययनरत गुरुङ २ सय ५ विद्यार्थी मध्येबाट छनौट भइ त्यता गएकी हुन । नेपालको प्रतिनिधित्व गदै स्वीजरल्याण्ड पुगेकी गुरुङले छनौट प्रकृयामा अनुसन्धान र प्रस्तुती राम्रो दिएकाले छनौट भएकी हुन ।
उनले स्विजरलल्याण्डको जेनेभा स्थित यूएनमा “Cervical Cancer prevalence, incidence, prevention & the next steps for women of Nepal ” नामाक बिषयमा एक घण्टा रिपोर्ट प्रस्तुत गर्नुको साथै आफ्नो अनुसन्धान,खोजको कार्य पत्र यूएन र डब्लु एच व का महासचिबलाइ बुझाउने छिन ।
इमिषा आफु यो अवस्था सम्म आउनुमा आफनो प्रेरणा अमेरिकाको एटलान्टा निवासी समाजसेवी तथा पर्यटनदुत राजा घलेलाई मान्दै आएकाे बताउछिन् । नाताले राजा घले उनको मामा हुन ।
नेपालको ओखलढुङ्गा रुम्जाटार निवासी गुरुङ बुबा इन्द्रबहादुर गुरुङ र आमा ममता गुरुङ की छोरी हुन ।