अमेरिका– मिस अमेरिका–२०२०को उपाधी भर्जिनियाकी वैज्ञानिक २४ वर्षिया क्यामिली शियरले जितेकी छिन् ।
अमेरिकाको मोहेगन सन एरिना, मोन्टभिल सिटीमा बिहीबार राती अबेर सकिएको प्रतियोगितामा उनल् उपाधी जितेकी हुन । प्रतियोगिता जित्न उनले स्वीमस्युट लगाउनु परेन ,। एनले ५० जना आफना प्रतिस्पर्धीलाई पछि पादै उपाधी जितेकी हुन ।
एक वर्ष अघि भर्जिनियाको टेकबाट बायोकेमिस्ट्री र प्रणाली जीवविज्ञानमा डिग्री सकेकी हुन । अहिले उनी भर्जिनियाकै औषधी विज्ञानकै अध्ययन गरिरहेकी छिन् । गाउन वान पिस डे«समा चुनिदै आएको सुन्दरी प्रतियोगिता यस पटक विज्ञान प्रयोगशालाको कोट पहिरिएकी सुन्दरीले जितिन ।


उनले मिस अमेरिकाको स्टेजमा ल्याबकोट लगाएर हाइड्रोजन पेराक्साइडको उत्प्रेरक अपघटनको प्रदर्शनले दर्शक तथा निर्णायकहरु ध्यान खिच्दै मिस अमेरिकाको ताज पहिरिन सफल भइन । दर्शकलाई विज्ञानको बारेमा स्टेजमा बुझाउदै उनले फरक प्रस्तुतीका साथ सबैको वाही वाही पाइन ।यस पटकको मिस अमेरिका यीनै वैज्ञानिकका कारण अहिले सम्मकै भिन्न भएको सहभागीहरुले बताएका छन् ।
९९ औ संस्करणको यो प्रतियोगितामामा उनले ५० हजार डलर बराबरको छात्रवृत्ति तथा मिस अमेरिकामा काम गर्ने अवसर समेत पाएक िछिन् । ग्ल्यामर रेट कार्पेटमा सुरु भएको मिस अमेरिका प्रयोगशालाको सेतो कोट लगाएकी सुन्दरीको ताज संगै सकियो ।

तस्वीर- एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected