गैरआवासिय नेपाली संघ (एनआरएनए) का लागी यहाँ दुई दानवीरले दुई करोड रुपैया सहयोग गरेका छन् । संघका उपाध्यक्ष कुमार पन्त तथा अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीले १/१ करोड रुपैया संघका खातामा सहयोग स्वरुप प्रदान गरेका हुन ।
एनआरएनएले अगाडी बढाएको विकास योजनालाई सहयोग पुर्‍याउन उनिहरुले सहयोग गरेका हुन । एनआरएनएका अध्यक्ष भवन भट्टले आव्हान गरेको आर्थिक सहयोग स्वरुप यी दुई दानवीरले सहयोगको हात बढाए ।

आर्थिक रुपमा टाट पल्टिन लागेको संस्थालाई उकास्न उनिहरुको सहयोग अहिले आएर पर्याप्त भएको छ । एनआरएनएको चुनावको मुखमा गरिएको यो सहयोगलाई केहीले प्रश्न उठाए पनि त्यसको दुवैले खण्डन गरेका छन् । उनिहरुले चुनाव प्रभावित पार्न नभई संस्थालाई खुल्ला दिलले सहयोग गरेको बताएका छन् । दुवैले संस्थालाई गरेको सहयोगलाई अध्यक्ष भट्टले धन्यवाद ज्ञापन गरेका छन् ।

एनआरएनए अभियानम सक्रिय पन्त एनआरएनएको आगामी कार्याकालका लागी अध्यक्ष पदका उम्मेदवार हुन । युरोपमा बसोबास गर्ने पन्त व्यवसायमा जमेका छन् । युरोप संयोजक हुदै महासचिव र दुई पपटक उपाध्यक्ष भइसकेका पन्त आगामी कार्याकालका लागी अध्यक्षका दाबेदार बनेका बनेका छन् । युरोपमा सफल नेपाली व्यवसायी पन्तले नेपालमा बैकं बित्तिय, जलविधुत, सिमेन्ट लगायतमा पनि लगानी गरेका छन् । गोरखाको फुजेलमा सामान्य परिवारमा जन्मेका पन्त अवसर खोज्दै जर्मनी पुगेर अहिले व्यवसायमा सफलता हासिल गरेका छन् ।

टेक्ससमा बसेर आइटी व्यवसायमा अब्बल ठहरिएका जोशी अन्य विभिन्न सामाजिक काममा पनि आर्थिक सहयोग गदै आएका छन् । एनआरएनको आउदो निर्वाचनमा सचिव पदका लागी उम्मेदवार हुन । उनले टेक्ससमा एक पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवार घोषणा गरिसकेका छन् । दुई दशक भन्दा लामो समय देखि अमेरिका बस्दै आएका जोशीले आइटीमा धेरै सख्यामा नेपालीलाई रोजगारीको अवसर सृजना गरेका छन् । उनि गण्डक क्षेत्रको लमजुङमा मध्य वर्गिय परिवारमा जन्मेर अमेरिकामा आएर पश्चात आइटी व्यवसायमा सफलता प्राप्त गरेका हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected