पाेखरा-पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले काविल महिलाहरुलाई अघि बढाउन आग्रह गरेकाछन्। नेपालका मुस्लिम समुदाय नामक पुस्तक विमोचन तथा पुन जागरणमा महिला अन्दोलन नामक लघु चलचित्र ( अनेमा संघका केन्द्रिय सदस्य गज कुमारी गुरुङको बृत्तचित्र) को सार्वजनिकरण गर्दै समाजका हरेक काविल (योग्य) महिलालाई अघि बढाउन आग्रह गरेका हुन्।

कसैको उमेर वितेको खण्डमा योग्य महिलालाई अघि सार्न समाजलाई उनले आग्रह गरेका हुन्। उनले भने “ हरेक समुदायका महिलाहरु कुनै न कुनै हिसावले र हाम्रो सामाजिक कारणले गर्दा पछि परेका छन, अब काविल महिलाहरुलाई समाजले नै अघि बढाउनु पर्छ, सामाजिक कुरिति र सामाजिक विकृति बिरुद्ध सवै एक हुनु पर्छ ।” सामाजिक जागरणको लागि सशक्त्त लेखनको आवश्यकता भएको बताएका नेता नेपालले समाजमा महिला हिंसा, वलत्कार, जिउदै जलाउने लगायतका घटनामा महिला माथि भएको दुरव्यहार मानवले नभई दानवले गरेको दाबी गरे । समाजमा हुने केही अपराधिक गतिविधि गर्ने उपर कडा कारवाही गर्नुपर्ने बताएका नेताले अन्याय र अत्याचार बिरुद्ध आफु सधै लाग्ने जनाए ।

मुस्लिम समुदायमा महिलालाई पढ्न नदिने दिए पनि धार्मिक तथा मदरसा शिक्षा बाहेक अन्य शिक्षा नदिने गरेको कारण मुस्लिम समुदायका महिलाहरु पछि परेको नेता नेपालले दाबी गरे । मुस्लिम समुदायका महिलाले घुम्टो ओढ्नु पुरानो सामान्त सस्कारको अवशेस भएको उनले जनाए । उनले भने “ सामान्ती संस्कारलाई बोक्ने जिम्मा अब हाम्रो होइन यसलाइ फाल्नु पर्छ ।” नेपालका मुस्लिम समुदाय नामक पुस्तक लेखक एवं बृत्तचित्रका निर्देशक जैनव खातुनको बारेमा खुलेरै पंं्रशम्सा गर्दै नेता नेपालले आफ्नो समुदाय भित्रको विकृति र विसङग बिरुद्ध खरो रुपमा कलम चलाउन उनलाई आग्रह गरे । मोइन मिडिया प्रालिको आयोजनामा विहिबार नेपाल पत्रकार महासंघ कास्की शाखाको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, लोक प्रसाद भण्डारी लगायतले वोलेका थिए ।

उक्त पुस्तकमा नेपालमा मुस्लिम समुदायको अबस्था, कला संस्कृति सहित रानीतिकको अबस्था लगायतको बारेमा उल्लेख गरिएको छ । नेत्री गुरुङको राजनीतिक आन्दोलन, पार्टीको कार्यालय स्थापना र उनको जिवनीको बारेमा समेटेर उक्त बृत्तचित्र निर्माण गरिएको निर्देशक खातुनले जनाइन्। उक्त बृत्तचित्रमा विनिता सुनार, विष्णु पोखरे, विजय सुवेदी, महेन्द्र पौड्य (मनु), दिननाथ बराल, विकास पनेरु, तानिया क्षेत्री, वजुल कमर मिया, बसन्त चालिसे, गज कुमारी गुरुड्ड, प्रकाश अधिकारी, प्रकाश गुरुड्ड, याम गुरुङ, श्रीराम सिग्देल, भानुभत्त ढकाल, गोविन्द नेपाली, सुरेन्द्र बराल लगायतले कलाकारको भूमिका निभाएका छन्।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected