–राजबल्लभ काेईराला
केही हजार थान मान्छेहरू
फेसबुकमा छन्
तर
न्यूज फिडमा धेरै कम
जस्तो कि बाहिर आन्दोलन छ
अनि मान्छे प्रोफाईल भित्रै छन्
र भित्तो छेउको झ्यालबाट
बाहिर चियाउदै छन्
हरेक गतिविधि
चुपचाप
जस्तो कि नबोल्ने बर्त छ
घरीघरी कोहीकोहीलाई
पोक गर्छन्
सबथोक गर्छन्
भित्रै बसीबसी
बाहिर भएका तिम्लाई हाम्लाई
हेक्का समेत छैन
को छ
को छैन
फेरी पनि
एउटा अपरिचीत भीड
हल्केलामा राखेर
केही खोस्री रहेछौ
नयनले अनि
यी औलाहरूले
एउटा
कुकुरले माटो खोस्रे जस्तै
तेसै..
एक ठाँउमा खोस्रिन्छौ
अनि कुना फेर्छौ
चक्र घुमेकै छ
औला डुलेकै छ..
पाेखरा ,हाल बाल्टीमाेर, अमेरिका
(नेपाली चलचित्रका नायक राजबल्लभ काेईराला कवि पनि हुन )
समय अनुसार भलाकुसारीका ...
अमेरिका–संसारकै शक्तिशाली अनि ...