ड्यालास-नेपाली डाक्टरहरुले सन्चालनमा ल्याएको ड्यालासमा रहेको टेक्सास प्राईमेरी केयर स्पेसलिष्ट क्लीनीकमा  दुई नयां बिज्ञ डाक्टरहरु थपिएका छन् । केहि महिना अगाडिबाट मात्र सेवा शुरु गरेको टेक्सास प्राईमेरी केयरमा बिरामीहरुलाई थप सेवा दिने उदेश्यले दुई नेपाली डाक्टर बिज्ञहरु नै थपिएको छ । नयां सेवा दिन लागेका बिज्ञ डाक्टरहरुमा अमेरिकामा अध्यनसंगै कामको अनुभव बटुलेका बालरोगका बिज्ञ डाक्टर अमित बजाज र ग्रन्थी बिज्ञ प्रियंका अग्रवाल रहेका छन् । भारतको जबाहरलाल ईन्सीच्युट र अमेरिकाको बिस्कन्सनमा रहेको मस्राफिल्ड क्लीनकमा अध्यन अनि कामको अनुभव संगालेका डाक्टर बजाज राम्रो क्षमता भएका बालरोग डाक्टर मानिन्छन् । डाक्टर बजाजले सोमबारदेखी शुक्रबारसम्मै टेक्सास प्राईमेरी केयर स्पेसलिष्ट क्लीनीकमा सेवा दिईरहेका छन् ।

त्यस्तै नेपालको बिपी कोईराला ईन्सीच्युट हुंदै शिकागोको ईलोनोईज मसोनिक मेडिकल सेन्टर, अनि युनिभर्सीटि अफ नेभडा, मेडिकल कलेज अफ बिस्कन्सनबाट आफ्नो अध्यन पुरा गरेकी डाक्टर प्रियंका अग्रवाल मधुमेह, तौल घटाउने लगायतका रोगका बारेमा राम्रो दख्खल राख्दछीन् । दुबैजना बिज्ञ डाक्टरहरुले नेपालीहरुको बाक्लो बस्तीरहेको ड्यालासमा नेपाली भाषामै सेवा दिन पाउने भएकोमा खुशी ब्यक्त गरेका छन् । टेक्सास प्राईमेरी केयर स्पेसलिष्टले फ्रिस्कोमा रहेर बिगत सात बर्षदेखी सेवा दिईरहेको भए पनि अर्भिगं क्षेत्र नेपालीहरुलाई पायक पर्ने भएकोले समुदायको हितका लागि सेवाहरु बिस्तार गरिरहेको क्लीनीकका प्रेसिडेन्ट समेत रहेका डाक्टर मन्दीप आर्चायले बताए । डाक्टर आचार्यका अनुसार आफुहरु यंहाको नेपाली समुदायलाई आवश्यकता अनुसार थप बिज्ञ डाक्टर सेवा दिने योजानामा रहेका छन् । अर्भिगं क्लीनीकको स्थापनादेखी नै सेवा दिंदै आएका डाक्टर बिश्वास उपाध्यायका अनुसार नेपालीहरु आफ्नै भाषामा डाक्टरी सेवा पाएकोमा निकै सन्तुष्ट पाएको बताएका छन् ।  ईन्सुरेन्स हुने या नुहुने सबै खालका बिरामीहरुलाई सहज सेवा दिईरहेको टेक्सास प्राईमेरी केयर स्पेसलीष्ट अर्भिगं र फ्रिस्कोमा रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected