टेक्सस– बग्दादमा तैनाथ अमेरिकी सैनिक फिर्ता पठाउने बारेमा अमेरिकाले शुक्रबार चर्चा नगर्न इराकलाई सुल्झाएको छ ।
इराका कार्यबहाक प्रधामन्त्री अदेल अब्दुल मेअदीले बिहीबार राती अमेरिकालाई आफना सैनिक फिर्ता पठाउन आग्रह गरेपछि य अमेरिकाको यस्तो प्रतिकृया आएको हो । इराकी विदेशमन्त्री मेअदीले प्रतिमण्डल इराक पठाउन अमेरिकालाई भनेका थिए ।
अहिले इराकमा ५२०० सैनिक अमेरिकी सैनिक तैनाथ रहेका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन आर्टेगनसले भने– यो समय सैनिक फिर्ता गर्ने भन्दा पनि आपसी समझदारी साझेदारी गर्ने हो र हाम्रो प्रयास भनेको मध्यपुर्वमा पर्याप्त मात्रमा सुरक्षा बल तैनाथ रहोस भन्ने हो ।’
यस भन्दा अघि इराको प्रधानमन्त्री कार्यालयको बयानमा भने अमेरिकी विदेशमन्त्री माइक पोम्पओसग को कुराकानीमा अमेरिकी सैनिक फिर्ता गर्ने विषयमा कुराकानी भएको जनाएको थियो । सुलेमानी मारिएपछि इराकले यो हमलाले अमेरिका र इराकाको संप्रभुता र दुवै देशको सुरक्षा संम्झौता समेत उल्लघन भएको छ । यो कार्य इराकलाई स्वीकार्य छैन
इराकी कार्यबहाक प्रधानमन्त्रीले भनेका छन् –‘अमेरिकी बलको इराक प्रवेश र इराकी अधिकारीहरुको अनुमति विना हवाई क्षेत्र भित्र ड्रोन हमला दुई पक्षिय सम्झौताको चरम उल्लघन हो ।’
गत जनवरी ३ मा अमेरिकी ड्रोन हमलाबाट इरानी जनरल कोसिम सुलेमानी तथा इरानी मिलिसिया वरिष्ठ कमाण्डर अबु महेदीको मुत्यु भएको थियो ।
यो घटनापछि इराकी संसदमा अमेरिकी सैनिक फिर्ता पठाउन गत साता इराक ससदले पारित गरेको थियो ।( एजेन्सीकाे सहयाेगमा)