सरस्वती शर्मा (सरु)
विस्कन्सिन-एनआरएनए एनसिसि अमेरीकाको च्याप्टर कोअर्डिनेसन समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिपी पौडेलको सँयोजकत्व तथा सुमन वस्तीको उपसँयोजकत्वमा गठित १२ सदस्यिय यस समितिको पहिलो बैठक फोन कन्फेरेन्स मार्फत सम्पन्न भएको हो ।
एनआरएनए एन सि सि अमेरीकाका अध्यक्ष सुनिल शाहको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा बोल्दै अध्यक्ष शाहले नँया अनुभवका रुपमा स्थापित यो समितिले सक्रियकाता साथ काम गर्ने र एनसिसिको कामलाई सहज बनाउने आशा व्यक्त गरे ।
एनआरएनए अभियानको अहिले सम्मको यात्रामा आफुलाई यस्ता समितिको आवश्यक्ता महशुस भएकाले बिभिन्न च्याप्टरहरुको पहुचमा पुग्न समितिको निमार्ण भएको उनले बताए ।एनआरएनएको नेटवर्कलाई अमेरीकाका सबै राज्यहरुमा बिस्तार गर्न यस समितिले निति बमोजिम अभियान चलाउने बिश्वास व्यक्त गदै समितिलाई पुर्ण अधिकार प्रत्यायोजन गर्ने शाहले बताए ।
बैठकमा बिशिष्ट अतिथिका रुपमा बोल्दै एनआरएनए एनसिसि अमेरीकाका महासचिव पशुपती पाण्डेले बिधान सम्बत समितिका अधिकारहरुलाई प्रष्ट पारेका थिए ।
उनले एनआरएनए एनसिसि अमेरीकाले च्याप्टर सम्बन्धि सबै निति तथा योजनाहरु निर्माण गर्दा यसै समिति सँग समन्वय गरी निर्माण गरीने बताए
बैठकमा बिगत लामो समय देखि एनआरएनए लाई बुझ्दै र बिभिन्न पदमा रहेर काम गर्दै आउनुभएका उक्त समितिका सदस्यहरु कोलोराडोका जगदिश ढकाल , टेक्सासका द्रोण गौतम , कनेक्टिकटका घनश्याम खड्का , कोलोराडोका श्याम श्रेष्ठ , क्यालिफोर्नियाका गोपाल बर्सौला र न्यु योर्कका प्रबिन केशीले समसामयिक बिषयमा राखेकाे प्रश्नको जवाफ समितिका सँयोजक सिपी पौडेलले दिएका थिए ।
बिशेष गरी अव समितिले सबै च्याप्टरहरुसँग समन्वय गरी एनआरएनए एनसिसिलाई सदस्यता बितरण, कार्यक्रम सँचालनमा सहयोग तथा एनआरएनएलाई बिस्तार गर्न मद्धत गर्ने पौडेलले बताए । । पहिलो बैठकलाई समितिका सहसँयोजक सुमन वस्तीले सँचालन गरेका थिए ।