टेक्सस– आकाशबाट पानी वर्षिन्छ । तर यहाँ पानी हैन तेल वर्षिएको छ । अमेरिकाको लज एन्जलसमा उडीरहेको जहाजबाट आकस्मिक अवतरणको क्रममा तेल वर्षिदा आसपासका ६ विद्यालयमा चपेटामा परे । तेल खसेर ६० जना घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
चीनको साघाइ गइरहेको डेल्टा एयरको विमानमा समस्या आएपछि पाइलटले संभावित दुर्घटना रोक्नका लागी जहाजबाट तेल खसालेका थिए ,। यो विमानको तेल पा“चवटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयमा गएर खसेको थियो । विमान केही समयपछि सुरक्षीत रुपमा अवतरण गरेको थियो ।
डेल्टा एयरलाइन्सले तेल विमान ८९ बाट भएको पृष्टि गरेको छ । यसरी तेल खसाल्दा पार्क एभिन्यु इलिमिन्ट्री स्कुल बढी प्रभावित भएको जनाइएको छ । जसबाट २० जना केटाकेटी र अन्य ११ जनालाई सामान्य चोटपटक लागेको छ । यो स्कुल विमानस्थलबाट ९ माइल पुर्वमा अवस्थित छ ।
प्राविधिक खराबीले विमानलाई पाइलटले डाइभर्ट गरेर लज एन्जल्स विमानस्थलमा अवतरण गर्ने क्रममा तेल खसाल्नु परेको थियो । विमानमा सवार सबैलाई सुरक्षीत अवतरण गराउन बिमानको तेल कम गराउन पाइलटले यो उपाय निकालेका थिए । विमानमा २८८ यात्रु सवार थिए ।
तस्वीर सिएनए
अमेरिका-अमेरिकाको न्युयोर्कमा ...