टेक्सस– संसारकै धनी व्यक्ति तथा अमेजनका मालिक जेफ बेजोसले साउदी अरबका राजकुमारलाई आफने फोन ह्याक गरेको आरोप लगाएका छन् ।
साउदी राजकुमार मोहम्मद बिन सलमानले उनलाई मोवाइलमा पठाएको म्यासेज खोल्न साथ फोन ह्याक भएको दाबी गदै आरोप लगाएका छन् । याे समाचार अहिले संचारमाध्यममा सर्वाधिक चर्चामा छ ।
५६ वर्षिय बेजोस र साउदी राजकुमारले वाट्ल अफ मार्फत सन्देश आदानप्रदान गरिरहेको बेला राजकुमारबाट प्राप्त भीडियो सन्देश पाउन साथ उनको फोन ह्याक भएको दाबी गरिएको छ ।
अन्तराष्ट्रिय संचारमाध्यम द गार्जियनले यो रिपोर्टलाई सार्वजनिक गरेको हो । वासिङटन पोष्टका मालिक समेत रहेका बेजोसको फोन साउदी अरबका राजकुमारले गोप्य सामग्री हासिल गर्न ह्याक गरेको बताइएको छ ।
फोन ह्याक गरेको एक घण्टामै बेजोसको फोनबाट महत्वपुर्ण डाटा चोरी भएको समेत आरोप लगाइर्एको छ ।
साउदी राजकुमारले दुई वर्ष अघि पठाएको वाटनस अफ सन्देश पछि उनको फोन ह्याक भएको थियो ।
कस्तो खालको डाटा चोरी भएको हो भन्ने बारेमा भने बिस्तृत बाहिर आएको छैन । तर बेजोसको पत्नी संग सम्बन्धबिच्छेद भएको एक वर्षपछि फोन ह्याक भएको यथार्थ बाहिर आएको हो ।
सन् २०१९ मार्चमा बेजोसको अन्तरग तस्विर लिक भएको बिषयमा जाचकर्ताले जाच गरिरहेका थिए ।
साउदी राजकुमारले उनको निजी जानकारी लिन साउदी अधिकारीले उनको फोन ह्याक गरेको बताइएको छ । जाचकर्ता गाविन डि बेकरले आफनो आफ
नो अनुसन्धानमा यही बताएका छन् । साउदी अरबका पत्रकार जमाल खशोगीको हत्यालाई वासिङटन पोष्टले गरेको कभरेज संग जोडिएको छ ।
फेरी २०२० मा आएर साउदी अरबका राजकुमारले पठाएको भिडियो सन्देशबाट बेजोसको फोन ह्याक भएको बताइएको छ ।
तर साउदी अबरले भने यो सबै हल्ला र अनावश्यक लान्छना सिवाय केही नभएको प्रष्टीकरण दिएको छ ।