– भावना विष्ट
पढ्थे म भोली को जीवन
के के पांउला र के -के गुमाउला,
कति ख़ुशी र कति पिंडाहरु
यों जीवन यदि किताब भै दिए
यो ज़िन्दगी किताब भै दिए,
च्नयाति दिन्थे ति समयका पानाहरु,
जहां पिडारुपी कालो रंग पोतीएको छ
जोडी दिनथे त्यों समयका पानाहरु
जहां खुशीका रंग झिलमिलाएका छन
यो ज़िन्दगी यदि किताब भै दिए
कमसेकम हिसाब लगाऊँन सक्थे
मैले के कति गुमाए र कति पांए
बिग्रेका सपनाका पानाहरु
सबै उजागर बनाउन सक्थे
यो जिन्दगी यदि किताब भैदिए
मलाई जानेर र नजानी पढनेहरुं ले
बुझेर बिश्लेषण गर्नुहुन्थ्याे
नकी अध्याराेमा चलाउने तीर सरी
अन्धाधुन्ध बर्बराउनु पर्थ्याे ।
यो ज़िन्दगी यदि किताब भैदिए
मेटाई दिन्थे हरपहरु
जुन गहिरो घाउ सरी गाडीएका छन
मेटाई दिन्थे नाता पनि
जुन रहनु र नरहनु को अर्थ छैन ।।
–अमेरिका
मलाई के बिपत्तिले घेर्यो – ...
केहि महिनाको नेपाल बसाई पछि ...