पीपलमणि सिग्देल
न्युयाेर्क -आचार्य तुलसीराम शर्माद्वारा अनुवादित नेपाली रामचरितमानसकाे अमेरिकामा आगामी जनवरी २६ तारिख आइतबार विमाेचन हुने भएकाे छ ।
ग्रन्थकाे विमाेचन वरिष्ठ पत्रकार, मानवाधिकारकर्मी पुरुषाेत्तम दाहालकाे प्रमुख आतिथ्यमा हुनलागेकाे जानकारी दिइएकाे छ ।
नेपाली मन्दिर डालास, टेक्सासमा दिउसो १२.१५ बजे शुभारम्भ हुने कार्यक्रम नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र(एनसीएससी) को आयोजनामा हुनलागेकाे हाे ।
वर्तमानमा हिन्दू जगतमा सर्वाधिक लोकप्रिय रामचरितमानस अबधी भाषामा रहेकाले नेपाली जनमानसलाई ग्रहण गर्न सजिलो होस् भन्ने अभिप्रायले समशैली र समछन्दमा नेपालीभाषामा छायानुवाद गरी तयार गरिएकाे नेपाली रामचरितमानस ग्रन्थको प्रधानसम्पादक सह प्रा डा. वासुदेव खनाल तथा सम्पादक सह प्रा. रामचन्द्र कण्डेल हुन् भने जगत्गुरु रामभद्राचार्य, स्वामी ज्ञानानन्द सरस्वती, श्री १००८ स्वामी रमाणानन्द गिरि, महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि, स्वामी जगन्नाथाचार्य, आचार्य पूर्णचन्द्र ढुंगेल, प्रा. हरिप्रसाद अधिकारी, प्रा.डा. कुलप्रसाद कोइराला, सह प्रा. डा निर्मलमणि अधिकारी, डा.चिन्तामणि योगी, वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाई लगायतका विशिष्ट व्यक्तित्वहरुको शुभेक्षाका साथ सुरु भएको छ ।
विमाेचन कार्यक्रममा धर्म, सँस्कृति तथा साहित्यमा आस्था तथा अभिरुचि राख्ने सबैलाई उपस्थित हुन आयाेजकले आह्वान गरेका छन् ।
अमेरिका-अमेरिकामा फेरि दोस्रो ...
अमेरिका-अमेरिकाले अब विना भिसा ...