टेक्सस–बास्केटबलका महान खेलाडी कोबे ब्रायंट सहित ९ जनाको आइतबार क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा ज्यान गएको छ ।
दुर्घटनामा उनको १३ वर्षीया छोरी सहित अन्य यात्रुहरुको पनि ज्यान गएको हो । आफनै निजी हेलिकोप्टर मा ४१ वर्षीय महान खेलाडी यात्रा गदै थिए ।
संसारभर बास्केटबल खेलको चर्चा हुदा कोबे ब्रायंटको नाम अग्रपक्तिमा आउथ्यो । उनको निधनपछि समाजिक संजालहरु दुखले रंगिएका छन् ।


राष्ट्रपति डोनाल्ड ट्रम्प देखि बाराक ओबामा लगायत सबै चर्चित सेलिब्रेटीहरुले दुख प्रकट गरेका छन् ।
बास्केटबलको जादुगरको रुपमा चिनिने कोबे, राष्ट्रिय बास्केटबल एशोसिएसनका च्याम्पियन मानिन्छन् । आफनो २० वर्ष भन्दा लामो खेल जीवनमा उनले सधै अग्रस्थानमा आफनो उचाई बनाए । उनले ओलोम्पिक देखि अन्य थुप्रै अन्तराष्ट्रिय खेलहरुमा बास्केटबल च्याम्पियन बने ।
बास्केटबल खेलमा छलाङ मारेका उनले सर्वाधिक ठुलो ओस्कर अर्वाड समेत जितेका छन् । उनले २०१५ मा बास्केटबलका लागी एउटा प्रेमपत्र लेखेका थिए । जसको छोटो चलचित्र बनाइएको थियो । जुन फिल्मलाई ओस्कर अर्वाडले सम्मान गरेको थियो । बास्केटबलका हस्ती कोबेको निधनले यतिबेला खेलक्षेत्र शोकमा डुबेको छ । विभिन्न खेलकुद संघसंस्थाले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected