टेक्कस– फेक आइडी विषयमा छानवीनका लागी एनआरएनए प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ललाई ४५ दिनका लागी जिम्मेवारीबाट हटाइएको छ ।

गैरआवासिय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद अमेरिकाको आइतबार बसेको आकस्मिक बैठकले
छानवीनको रिपोर्ट नआउनुजेल सम्मका लागी बाहिर राखेको हो । प्रवक्ता र सल्लाहकार द्धयलाई आजीवन सदस्य प्रसन्न संग्रौलाले पदीय आचारण विपरीत गरेको आरोप लगाउदै उनिहरुलाई हटाई पाउ भन्दै निवेदन दिएका थिए ।
यस बिषयमा परिषदको आकस्मिक बैठक बसी छानवीवनका लागी सहज होस भनेर भट्टराई र मल्ललाई निश्चित समयका लागी निलम्बन गरिएको महासचिव पशुपति पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

फेक आइडी सम्बन्धी जाचबुझका लागी वरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेको संयोजकत्वमा कमिटी गठन गरिएको छ । कमिटीको सदस्यहरुमा कानुनी सल्लाहकार धन बस्नेत, सल्लाहकार संजय थापा तथा अमेरिकाज क्षेत्रीय संयोजकको सिफारिस बमोजिम हुने गरी सदस्य र महिला संयोजकको सिफारिस हुने गरी सदस्य तोकिएको छ । समितिले यस बिषयमा छानवीन गरी निर्णय सार्वजनिक गर्नेछ ।

प्रवक्ता भट्टराईले नै बैठक सुरुमै यस विषयमा छानवीवनका लागी मार्ग प्रशस्त गर्न जिम्मेवारीबाट बाहिर रहने प्रस्तावमा छलफल गरेका थिए । ‘आरोप लागेपछि छानवीन हुनुपर्छ भनेर मैले नै पदीय दायित्वबाट बाहिर रहने प्रस्ताव गरेको थिए’ उनले भने– सत्यतथ्य छानवीवनका लागी सघाउन तटस्थ रहेको हु“ । उनले छानवीवन कमिटीले निश्पक्ष छानवीन नगरे अदालतको ढोका ढकढकाउने बताए ।
यता फेक आइडीको विषयमा फेसबुक लाइभमा आएर सवै सार्वजनिक गरेका प्रशन्न संग्रौलाले पनि फेसबुक मार्फत नै अदालतमा भेटन हुन चुनौती दिएका छन् । सग्रोलाले लाइभमै आएर म ह्याकर हु भनेको विषयलाई पनि धेरैले गैरकानुनी भन्दै टिप्पणी गरेका छन् ।
एनआरएनमा अहिले फेक आइडीको विषयलाई लिएर सर्वत्र यसको पक्ष र विपक्षमा चर्का बहसहरु भएका छन् ।
आईबार राती बसेको बैठकमा पदाधिकारी बीच चर्काचर्की समेत भएको सहभागीहरुले बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected