टेक्सस– अमेरिका– मेक्सिको सिमामा बनेको तस्करी सुरुङ यबिेला सबैतिर चर्चामा आएको छ । लागुऔषध ओसारपोसारका लागी बनाइएको यो सुरुङ अहिले सम्मकै लामो भएको बताइएको छ ।

१.३ किलोमिटर यो सुरुङ मेक्सिको तिखुआना सहर देखि अमेरिकाको सान डिएगो सहर सम्म जोडेको छ । दुई सहरलाई सडक संजालले जोडने दुरी ३० किमी छ । यी दुई सहरलाई जोडने बीचमा अन्तराष्ट्रिय सिमा छ । यही नै अहिलेसम्मको लामो सुरुङ फेला पारिएको हो ।

यो सुरुङमा देखिएको सुविधा देखेर यसको प्रयोग ठुला ड्रग तस्करीले प्रयोग गर्ने गरेको अनुमान लगाइएको छ । यो सुरुङलाई लिएर अमेरिकी प्रशासनले तस्करहरुको खोजी गरिरहेको छ । तर अहिले सम्म यसमा जोडिएका तस्करहरु फेला पारिएको छैन ।

यो सुरुङ कुख्यात तस्कर सिनालोआ कार्टेल सक्रिय रहेका छन् । यसको संस्थापक तथा नाइके तस्कर अल चापो गुजमान अहिले अमेरिकामा आजीवन काराबासको सजाय जेलमा काटीरहेको अमेरिकी अधिकारीलाई हवाला दिदै अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।

अधिकारीहरुले यसलाई अहिलेसम्मकै सबै भन्दा लामो तस्करी सुरुङ भएको बताएका छन् । अधिकारीहरुले सुरुङ फेला पारेपछि गरेको अनुसन्धानमा अहिलेसम्म त्यहा“बाट कुनै ड्रग्स भेटाएको छैन ।

यो सुरुङ लामो मात्र नभई कयौ भौतिक सुविधाले समेत सम्पन्न रहेको छ । यहा“ उच्च स्तरीय विभिन्न प्रविधिहरु समेत जडीत छ । बिजुलीको समेत सुविधा रहेको यो सुरुङ फेला पारेपछि सुरक्षा अधिकारी समेत यहा“को सुविधा देखेर चकीत भएका छन् ।

सुरुङ फेला पारेपछि सुरक्षा अधिकारीले यसलाई आफनो नियन्त्रणमा लिएका छन् । अमेरिकी कानुन अनुसार सिमामा बनाइएको यस्तो सुरुङलाई कक्रिट लगायतका बस्तुहरु हालेर बन्द गरिने छ । यो सुरुङमा अहिले कसैलाई पनि आवतजावत गर्न दिइएको छैन । मेक्सिको सिमाबाट अवैध रुपमा तस्करी हुदै आएकोमा यो सुरुङ फेला पारेपछि ड्रग्स तस्करीमा कमी आउने विश्वास गरिएको छ ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected